Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दुना टपारी बनाउदै भगवतीमाई सहकारीका महिलाहरु
    अर्जुनचौपारी गाउँपालिका

    दुना टपारी बनाउदै भगवतीमाई सहकारीका महिलाहरु

    अर्जुनचौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ । भगवतीमाई बहुउदेश्यिय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगायका पातबाट दुना टपरी बनाएर बिक्री बितरण गर्न थालेको हो ।
    Syangja SandeshBy Syangja SandeshJuly 30, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ साउन । अर्जुनचौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ । भगवतीमाई बहुउदेश्यिय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगायका पातबाट दुना टपरी बनाएर बिक्री बितरण गर्न थालेको हो ।

    सहकारीका संरक्षक टुकराज अर्यालले पालिका भित्रका बेरोजगार महिलालाई आय आर्जनमा जोड्न उदेश्यले मेसिन ल्याएर दुना टपरी बनाउन थालेको बताउनुभयो । जगलमा पुगेर खोजेर ल्याएका पातलाई जोडेर आकार दिने र मेसिनले च्यापेर दुना टपरी बनाइने छ ।

    मेसिनले च्यापेर दुना टपरी बनाउने भएपनि पातलाई सिन्कोले जोड्ने र कत्रो आकारको बनाउने भन्ने महिलाहरुले गर्नु हुनेछ । पाचँ वटा डाई मार्फत मेसिनले साना दुना देखी ठुला टपरी बनाउने छ भने दुनाको प्रति गोटाको तीन रुपियाँ र टपरीको आठ रुपियाँ सम्म पर्ने छ ।
    पात खोजेर ल्याएर मेसिनमा हाल्ने बनाएको कच्चा पदार्थको सानाको एक रुपियाँ र ठुलाको तीन रुपियाँ सम्म महिलाहरुले पारिश्रमकि पाउनु हुनेछ । आमा, दिदी–बहिनीले बनाएर ल्याएको पातको कच्चा पदार्थलाई मेसिनबाट दुना टपरी बनाउने काम भने सहकारीमा रहेका कर्मचारीले गर्नु हुनेछ । दुना सिधै दुईवटा पातबाट बन्ने छ भने टपरीलाई सिन्कोले जोडेर बनाउने गरिएको छ ।

    पहिलो चरणमा २० जना आमा, दिदी–बहिनी पातबाट कच्चा पदार्थ बनाएर आय आर्जनमा जोडिएका छन् । मुख्य गरेर बिवाह, बर्तबन्ध र पुजा पाठमा प्रयोगमा आउने दुना टपरीलाई अब बाहिरबाट ल्यान नपर्ने पालिका बनाउने अर्यालले बताउनुभयो । दुई लाख ९४ हजार रुपियाँमा सहकारीले आफै मेसिन खरिद गरेर ल्याएर दुना टपरी बनाउन थालेको हो ।

    मेसिनबाट एक दिनमा दुई हजार पाचँ सय वटा टपरी र दुना बन्ने बताउदै अर्यालले बाहिरबाट माग भए बिक्री समेत गर्ने बताउनुभयो ।
    दुना टपरी बनाउने र बिक्री बितरण गर्ने काको सुरुवात गदैै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले महिलालाई आय आर्जनमा जोड्न गरिने हरेक काममा पालिकाको सहयोग रहने बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.