Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘दुध बेच्ने किसानलाई गल्याङ् नगरपालिकाले दियो ६५ लाख प्रोत्साहन अनुदान’
    गल्याङ् नगरपालिका

    ‘दुध बेच्ने किसानलाई गल्याङ् नगरपालिकाले दियो ६५ लाख प्रोत्साहन अनुदान’

    किसानलाई थप प्रोत्साहित बनाउन गल्याङ नगरपालिकाले प्रति लिटर १५ रुपैया अनुदान दिनथालेपछि यहाँ कृषि तथा पशुपालनमा आर्कषण बढेको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 13, 2024No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ साउन। किसानलाई थप प्रोत्साहित बनाउन गल्याङ नगरपालिकाले प्रति लिटर १५ रुपैया अनुदान दिनथालेपछि यहाँ कृषि तथा पशुपालनमा आर्कषण बढेको छ ।

    यहाँका दुध बिक्री गर्ने किसान सबैलाईगरी नगरपालिकाले ६५ लाख अनुदान बितरण गरेको जनाएको छ। पालिकाले बर्षेनी सो रकम बिनियोजन गर्दै आएको छ ।

    जसका कारण किसान र पशु संख्यामा पनि बृद्धि भएको छ। किसानले उन्नत तथा स्थानीय जातका गाईभैसीं पालनगरी मनग्ये आम्दानी गर्न थालेका छन ।

    नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानका लागि घाँस, दुध राख्ने भाडा, जुका, माटे लगायतका औषधी, गोबर परिक्षण, गोठ सुधार, पशु प्राबिधिक सहयोग उपलब्ध गराउदै आएको छ । गएको बर्ष नगरपालिकाबाट एक ब्यक्तिले मात्र ४ लाख ३६ हजार नगद अनुदान पाए । यसैगरी, सहकारीले करिब १३ लाख ११ हजार रुपैया पायो ।

    यि त केही उदाहरण मात्र हुन। दुध बिक्री गरेर आयआर्जन गर्ने किसानलाई लक्षित गर्दै नगरपालिकाले गएको बर्षमात्र ६४ लाख ८७ हजार ९६५ रुपैंया बितरण गरेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    ‘हाम्रो कृषक हाम्रो साथ, दुधमा अनुदान कृषक सम्मान’ भन्ने मूलनारालाई आत्मसाथ गर्दै नगरपालिकाले झण्डै ६५ लाख रुपैया दुध उत्पादक किसानलाई प्रोत्साहन स्वरुप उपलब्ध गराएको प्रमुख भट्टराइले बताउनुभयो । कृषि मार्फत परिवर्तन र समृद्धि सम्भव भएकाले कृषिमा आकर्षण बढाउनेगरी बिभिन्न खालका कृषि सम्बन्धी कार्यक्रम संचालन र निरन्तरता दिदै आएको उहाको भनाई छ ।

    किसान ईश्वर बस्यालले ४ लाख ३५ हजार रुपैंया अनुदान पाउनु भएको पालिकाले जनाएको छ । गल्याङ् १ मालुंगाामा बिन्ध्यवासिनी कृषि तथा पशुपालन फार्मका संचालक बस्यालले दुध बेचे वापत नगरपालिकाले दिएको थप प्रोत्साहन रकम हो यो। उहाले पशुपालनसंगै कृषि गर्दै हुनुहुन्छ । गोठभरि दर्जनभन्दा बढी गाईभैसी छन । त्यतीकै मात्रामा पाडा,पाडी,बाच्छा,बाच्छी पनि छन्। धेरै बर्ष विदेशी भूमिमा पसिना बगाउनु भएका उहाले स्वदेशमा फर्केर जन्मथलोमै कृषिसंगै पशुपालन गरेर मनग्ये आम्दानी गर्नुभएको छ ।
    दैनिक सरदर उहाले ८५ देखि ९० लीटर दुध बेच्ने गर्नुभएको छ । केही ब्यक्तिले रोजगार पाएका छन । गएको बर्ष उनले २९ हजार १९ लीटर दुध बिक्री गरेको पशु शाखा प्रमुख महादेव बनले जानकारी दिनुभयो ।

    प्रमुख बमका अनुसार, ‘गल्याङ् — ११ जिमुवामा रहेको कालीगण्डकी दुग्ध उत्पादक सहकारीले १३ लाख १० हजार ७९० रुपैया अनुदान पाएको छ।’ सहकारीले बार्षिक ८७ हजार ३८६ लिटर दुध बिक्री गरेको थियो।

    यसैगरी, गल्याङ् नगरपालिका ८ गेजामा रहेको मुरली एग्रो फर्म, वडा न. ११ जिमुवामा रहेको भगवती कृषि पशुपालन फार्मले पनि बर्षेनी लाखौ रुपैया प्रोत्साहन वापतको रकम पाउने गरेका छन्। यी दुबै फर्मका संचालकले जनही ३ देखि ४ लाख रुपैयासम्म पालिकाबाट पाएका छन ।

    दुध बिक्री गरे वापत किसानले पाउने रकम त पाउछन नै। त्यो वाहेक प्रोत्साहन स्वरुप दिइएका रकम हुन यी । नगरपालिकाले दुध बेचेर आयआर्जन गर्ने ब्यक्ति, फार्म, समूह, सहकारी जोसुकैलाई पनि प्रति लिटर थप १५ रुपैंया दिदै आएको हो । किसानले नगरभित्र उत्पादित दुधलाई संकलन केन्द्र मार्फत जिल्लामा सहित पोखरा र बुटवलसम्म निर्यात गर्दै आएका छन ।

    यहाँ उत्पादित दुध मध्ये २० प्रतिशत जिल्लामा र ८० प्रतिशत जिल्ला बाहिर निर्यात गरिदै आएको छ । दैनिक २ हजार ५ सय लीटर दुध निर्यात हुने उपप्रमुख हेमा न्यौपानेले भन्नुभयो । नगरपालिकाभित्रका वडालाई पायक पर्नेगरी बिभिन्न १२ स्थानका संकलन केन्द्र राखिएका छन। यहाँ १३ सहकारी संस्था, ७ भैसी फार्म, एउटा समूहगरी ९ सय ९३ घरमा पशुपालन गरिएको उपप्रमुख हेमा न्यौपानेको भनाई छ।


    ‘आफनै घरमा बसेर कृषि र पशुपालनबाट आम्दानी गरेर महिलाहरु आत्मनिर्भर बन्दै गएका छन्,’ उपप्रमुख न्यौपानेले थप्नुभयो्, ‘महिलामा देखिएको ब्यवसायिकताले खुशी बनाएको छ। जबसम्म महिला सक्षम बन्दैनन्, तबसम्म परिवार खुशी र सुखी हुदैन। परिवारमा खुशी ल्याउने एउटा वातावरण पनि यही हो।’


    वडादेखि संकलित दुधलाई संकलन केन्द्रमा संकलनगरि साना किसान सहकारी संस्थाले खरिदगरी बिक्री बितरण गर्छ। सरकारले तोकेको मूल्य अनुरुप चिल्लो र गुलियोपनका आधारमा किसानले दुधको मूल्य पाउने गरेको भगवती एग्रो फार्मका संचालक रुमलाल कडेलले जानकारी दिनुभयो । यस्ता खालको प्रोत्साहनप्रति किसानहरु खुशी रहेको उहाले बताउनुभयो


    किसानले प्रति लिटर दुधको मूल्य ८५ देखि ११० रुपैंयासम्म पाउने गरेका छन्। पशुको दुध बेचेर पाउने मूल्य त छदैछ। सो बाहेक नगरपालिकाले पनि प्रतिलिटर १५ रुपैंया उपलब्ध गराउदै आएको हो।


    गल्याङ् नगरपालिकामा स्थानीय तथा उन्नत जातका ८ हजार ५० भैंसी र ७ सय ५० वटा गाई छन्। र, उन्नतजातका ४ वटा साढे र १ सय ४ वटा रागो रहेको पशु शाखाले जनाएको छ। गएको बर्षभरिमा पालिकामा ४ लाख ३२ हजार ५३१ लीटर दुध बिक्रीगरी बाहिर निर्यात भएको नगरपालिकाले जनाएको छ। जसबाट गल्याङ् नगरपालिकामा दुध बिक्रीबाट करिब ४ करोड ५० लाख रुपैया भित्रिएको छ।
    किसानले घर घरमा खानका लागि राखिएको दुधको भने कुनै तथ्यांक भने नराखिएको पालिकाले जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.