Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 24
    Trending
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    • आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा
    • एआई—एक्सरेद्धारा क्षयरोग खोजपड्ताल शिविरमा पुतलीबजारका २०८ जना लाभान्वित
    • पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला बितरण सुरु
    • पर्यटक लोभ्याउदै स्याङ्जाकै अग्लो चिउरीको झोलुंगे पुल
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दिसाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनमा
    वालिङ् नगरपालिका

    दिसाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनमा

    Syangja SandeshBy Syangja SandeshJanuary 5, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ पुस । वालिङ नगरपालिकाले निर्माण गरेको दिसाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनमा आएको छ । दिसाजन्य लेदो ब्यवस्थापन शहरी क्षेत्रहरुमा चुनौतिकोरुपमा देखा परिरहेका बेला वालिङमा त्यसको ब्यवस्थापनकालागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

    घर घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुल्ला ठाउँमा लगेर आँफुखुशी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोतहरु प्रदूषित हुन गएकाले त्यसको उचित ब्यवस्थापनकालागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    “घरमा रहेका सेफ्टी ट्याङ्की दिसाजन्य लेदो भण्डारण गर्ने ट्याङ्की मात्रै हुन् त्यो भरिएपछि फाल्नकालागि समस्या थियो” उहाँले भन्नुभयो, “अब नगरपालिकाले सञ्चालनमा ल्याएको प्लान्टमा सस्तो र सहजरुपमा ब्यवस्थापन गर्न सकिने भएको छ ।”

    नगरपालिकाले सञ्चालन गरेको प्लान्टबाट बायोग्याँस र कम्पोष्ट मल बनाउनुकासाथै त्यहाँबाट निस्केको पानीलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने बनाईएको छ ।

    नगरपालिकाले नेपाल नगरपालिका संघसँग समन्वय गर्दै एन्फो संस्थाको प्राविधिक डिजाइन सहयोग, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा एकीकृत फोहर व्यवस्थापन कार्यक्रमअन्तर्गत प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

    “प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्याँस निकाल्ने र पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने बनाउँछौं” उहाँले भन्नुभयो, “सञ्चालनमा आएको यो प्लान्ट एकीकृत फोहरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिकास्तरमा नेपालकै पहिलो हो ।”

    दिसापिसाबको व्यवस्थित संकलनदेखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया सरसफाइ प्रणाली हो । यो प्रणालीअन्तर्गत संकलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन रहेका वालिङ नगरपालिकाका ईञ्जिनियर दीपेन्द्र मल्लले बताउनुभयो ।

    “घर घरमा निर्माण भएका सेफ्टी ट्याङ्कीहरु भरिएपछि त्यसको विसर्जनकालागि समस्या थियो” ईञ्जिनियर मल्लले भन्नुभयो, “नगरपालिकाले प्लान्ट सञ्चालन गरेसँगै निजी ब्यवसायीहरुबाटभन्दा सस्तो शुल्कमा त्यसको उचित ब्यवस्थापन गर्न थालिएको छ ।”

    नगरपालिकालाई रु. छ हजार ५०० शुल्क तिरेपछि ट्याङ्की खाली गरिदिने गरेको ईञ्निनियर मल्लले बताउनुभयो ।

    घर–घरमा निर्माण भएका सेफ्टी ट्याङ्की खाल्डो भरिएपछि खाली जमिन, खेतबारी, जङ्गलमा ट्याङ्करमार्फत विसर्जन गरिँदै आएकामा प्लान्ट सञ्चालनमा आएसँगै थप ब्यवस्थित भएको ईञ्जिनियर मल्ल बताउनुहुन्छ ।

    घर घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि ब्यवस्थापनमा निक्कै समस्या हुने गरेकोमा नगरपालिकाले उठाएर त्यसको उचित ब्यवस्थापन गर्ने भएपछि सहज भएको वालिङ ८ कटौंजेका शिवप्रसाद पाण्डेले बताउनुभयो ।

    “निजी ब्यवसायीबाट यसअघि ट्याङ्की खाली गर्न पर्दा महङ्गो र मनपरी दररेट थियो” पाण्डेले भन्नुभयो, “एकलौटी ब्यवसाय हुँदा महङ्गो पर्न गएपनि अब नगरपालिकाले सञ्चालन गरेपछि सस्तो र सहज हुने भएको छ ।”

    नगरपालिकाले फोहरमैंला व्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट स्थान प्राप्त गरी पुरस्कृत भएसँगै वालिङमा बाहिरी जिल्ला, नगरपालिका तथा विभिन्न संघसंस्थाबाट अध्ययन अवलोकन भ्रमणका लागि आउने गरेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    November 19, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025

    आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा

    November 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.