पोखरा १० भदौ । भारतीय लगानीकर्ताले चलाएको पोखराको मणिपाल कलेज बतास अर्गनाइजेसन र अटोवेज समूहले खरिद गरेका छन । बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत शेयर कायम हुने गरी कलेजको जग्गा सहितको संरचना खरिद गरिएको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासले जानकारी दिनुभयो । अस्पतालसँग १० रोपनी जग्गा र भवनका साथै अतिरिक्त ३० रोपनी जग्गा छ ।
सन् १९९४ मा भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपको लगानीमा सञ्चालनमा आएको यो कलेज पछिल्लो समय ट्रेड युनियनका कारण समस्यामा परेको थियो । मेडिकल कलेजमा सात सय कर्मचारीको आवश्यक हुने भएपनि ११ सय भन्दा बढी कर्मचारी थिए ।
मेडिकल कलेज खरिद सम्बन्धी सबै तयारी पूरा भएको र अन्तिम सम्झौताको ड्राफ्टसमेत तयार भैसकेको बताइएको छ । नेपाल मेडिकल काउन्सिलबाट प्रतिवर्ष एक सय जनाको एमबीबीएस अध्यापनको अनुमति पाएको मणिपाल कलेजसँग नौ सय बेड क्षमताको अस्पताल पनि छ ।
मेडिकल कलेजको शेयर हस्तान्तरणपछि बोर्डमा चार जना रहने सहमति भएको छ । जसअनुसार बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष तथा अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेल उपाध्यक्ष रहनेछन् । यस्तै, बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास तथा निर्देशक विपेन्द्रराज बतास बोर्ड सदस्यका रुपमा रहनेछन् ।
नेपालमा बाह्य लगानीको पहिलो मेडिकल कलेजका रुपमा सन् १९९४ बाट सञ्चालनमा आएको यो अस्पतालमा ११ सयभन्दा बढी जनशक्ति कार्यरत छन् । अस्पताललाई पब्लिक लिमिटेड कम्पनीका रुपमा लैजाने योजना रहेको अध्यक्ष बतासले बताए । यस्तै, मेडिकल कलेजमा प्यारामेडिकल कोर्स, बीबीए तथा एमबीए एन्ड इञ्जिनियरिङ र बीडीएस अध्ययन सुरु गर्ने योजना रहेको उनले जानकारी दिए ।
काठमाडौंमा पनि मेडिकल कलेज बिक्रीमा थिए, तर हामीले मणिपाल नै खरिद गर्नुको कारण चाहिँ यो पोखराको भएर हो,’ अध्यक्ष बतास भन्छन्, ’पोखराका बिरामीले नशा वा मुटुरोगको उपचारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौं जान नपरोस् भनेर नै हामीले यहाँ नै लगानी गरेका हौं ।’
बतास र पौडेलको अगुवाईमा हाल पोखरास्थित सरकारी स्वामित्वको पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्ट, आईसीयू तथा अन्य पूर्वाधारको काम भैरहेको छ । अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले मेडिकलको स्वामित्व लिएपछि कलेजको संरचनामा फेरबदल गरिने बताएका छन्। साभार ः शिलापत्र
Sunday, December 14
Trending
- ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
