स्याङ्जा ११ भदौ । हरितालिका तीजको अवसर पारेर नेपाली कांग्रेस पुतलीबजार नगर कार्य समितिले महिलालाई दर खुवाउने सहित सम्मान कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिले तिजको अवसर पारेर सामुहिक दर खुवाउुने सहित महिला नेतृ र महिला पत्रकारहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा नेपाल महिला संघ स्याङ्जाका संस्थापक सभापति मिना सिंह, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष अनिता बिन्दु, नेपाल प्रेस यूनियनका केन्द्रिय उपसभापति दिलिपाश्री अधिकारी, केन्द्रिय सदस्य सरिता खनाल, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, प्रेस सेन्टर स्याङ्जाका अध्यक्ष प्रतिक्षा काफले, प्रेस यूनियनका उपाध्यक्ष साधना न्यौपाने, पत्रकार महासंघका सदस्य फुलमाया भट्टराई र गीता भट्टराई लगायतलाई सम्मान गरिएको जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्, केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, जिल्ला सभापति राजु थापा, नगरसभापति सुरजकुमार अधिकारीले दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।
नगर सभापति सुरजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव महादेव श्रेष्ठले गर्नुभएको थियो ।

