स्याङ्जा १४ पुस । स्याङ्जा जिल्ला अस्पताल प्रमुख बिहिन छ। झण्डै ३ महिनाअघि मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्य सरुवा भएर लम्जुङ् गएपछि अस्पताल प्रमुख बिहीन बनेको हो।
डा. आचार्य कात्तिक १३ गते जानुभएको हो । अहिले वरिष्ट स्टाफ नर्स कृष्ण कार्कीले निमित्त भई अस्पताल प्रमुखको जिम्मेवारी वहन गर्दे आउनु भएको छ । अस्पतालमा ६ जना डाक्टर सहित झण्डै ९० जना कर्मचारी कार्यरत छन्।
दैनिक सयदेखि २ सयसम्म बिरामी आउने अस्पतालमा शल्यक्रिया सहितका सेवाहरु उपलब्ध छन्। पुतलीबजार नगरपालिका ३ कुमाल गाउँमा २०५७ सालमा स्थापित जिल्ला अस्पताल पछिल्लो समय गुणस्तरीय सेवा उपलब्ध गराईर्दैे आएको छ।
यहाँ शल्यक्रिया सहित, मृर्गौला डायलायसिस, प्रसुतीमा जटिल शल्यक्रिया लगायतका आवश्यकीय सेवा उपलब्ध भएपछि यहाँ आउने बिरामीको आउने क्रम बढ्न थालेको हो।
तर, महिनौ दिनसम्म पनि अस्पतालले प्रमुख नपाउँदा यहाँबाट उपलब्ध गराईने सेवा र सुबिधामा प्रभाव परेको बताउँनुहुन्छ अस्तापल विकास समितिका अध्यक्ष इन्द्रबहादुर गोदार।
उहाका अनुसार, ‘गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मधु अधिकारी गुरुङ् र सचिव बिश्वबन्धु बगालेलाई जानकारी गराएका छौं। उहाँहरुसंग पटक÷पटक कुराकानी समेत भएको छ। उहाँहरुले विशेषज्ञ सहितको डा. पठाउने भन्नुभएको छ। बिशेषज्ञ सहितको डाक्टर पठाउने तयारीमा जुटेकाले केही ढिलाई भएको भन्ने भनाई रहीआएको हो।’