स्याङ्जा ५ फागुन । ज्यान मार्ने उद्योगका आरोपित शंकर सुवेदी झण्डैं २१ बर्षपछि पक्राउ परेका छन्। फैसलापछि आँधीखोला गाउँपालिकामा लुकीछिपी बसेको अवस्थामा २० बर्ष १० महिना ३ दिनपछि पक्राउ परेका प्रहरीले जनाएको छ।
आधीखोला गाउँपालिका ३ बस्ने ५० बर्षे सुवेदीले २०५३ बैशाख २ गते सोही स्थानमा बस्ने बलबहादुर बोगटीलाई बियरको बोतलले टाउकोमा हानी घाईते बनाई पैसा समेत चोरी लगेको भन्ने आरोप छ।
तत्कालिन पुनरावेदन अदालत पोखराले २०५८ सालमा ५ बर्ष कैद तोकेपछि फरार रहेका उनी आफनै गाउघरबाट बुधबार पक्राउ परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
आरोपित सुवेदीलाई बिहीवार जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।
Friday, May 16
Trending
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न
- पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
- स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
- फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
- स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
- आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
- पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस