Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, September 18
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जापानमा बसेका स्याङजालीद्धारा स्वास्थ्य सामाग्री सहयोग
    समाचार

    जापानमा बसेका स्याङजालीद्धारा स्वास्थ्य सामाग्री सहयोग

    Syangja SandeshBy Syangja SandeshMay 27, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा समाज जापानले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
    अध्ययन तथा रोजगारका शिलशिलामा जापान पुगेर बिभिन्न क्षेत्रमा छरिएर रहेका यहाँका दाजुभाई तथा दिदीवहीनीको सहयोगबाट संकलित रकमबाट कोष स्थापितगरी ती सामाग्री उपलब्ध गराइएका हुन । अन्तर्राष्ट्रिय समन्वय समितिद्धारा स्थापित कोरोना राहत कोषबाट उपलब्ध गराइएका स्वास्थ्य सामाग्री बिहीवार जिल्लाका बिभिन्न स्थानी पालिका, सुरक्षाकर्मी र अपांग समाजलाई प्रदान गरिएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय स्याङजाको समन्वयमा पालिका, अपांग समाज र सुरक्षाकर्मीलाई लक्षित गर्दे ती सामाग्री प्रदान गरिएका छन् । कोरोना भाइरस संक्रमणले महामारीका रुप लिएका बेला आफनै पालिकामा निर्मित अस्थायी कोभिड अस्पताल संचालन गरेका जिल्लाका ९ वटा पालिका, अपांग समाज स्याङ्जा सहित जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराईएको हो ।
    समाजले आधीखोला सामुदायिक अस्पताल, कालिका सामुदायिक अस्पताल भीरकोट, चापाकोट अस्पताल, गल्याङ अस्पताल, कालीगण्डकी अस्पताल, वालिङ अस्पताल, विरुवा सामुदायिक अस्पताल, जिल्ला अस्पताल स्याङ्जा र जिल्ला सुरक्षा निकायलाई बितरण गरिएको अन्र्तराष्ट्रिय स्याङ्जा सहयोग समाजका सल्लाहकार सुरेश रेग्मीले जानकारी दिनुभयो । उहाका अनुसार रोजगारका शिलशिलामा नेपालबाट जापान पुगेका नेपालीद्धारा संकलित ३ लाख २८ हजार ३ सय ५८ मध्ये स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिको कोरोना राहत कोषमा उपलब्ध एक लाख ५० हजार रुपैंया प्रदान गरेकोे थियो ।
    समाजले प्रत्येक पालिकालाई १० थान पिपिइ, १० लीटर सेनीटाइजर, २० प्याकेट मास्क, फेस सिल ५० वटा बितरण गरेको छ । अपांग समाज स्याङ्जालाई भने १० प्याकेट मास्क , १० लीटर सेनीटाइजर र ३० प्याकेट सेनेटरी प्याड प्रदान गरिएको छ । झण्डै २ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको जनाइएको छ ।


    स्वास्य सामाग्री हस्तान्तरण गर्दै स्वास्थ्य कार्यालय प्रमुख बिष्णुप्रसाद सुवेदीले जिल्लामा कोरोना संक्रमित बढेसंगै अभाव रहने यस्ता सामाग्रीले स्वास्थ्यकर्मी तथा संक्रमितहरु प्रत्यक्ष लाभान्वित हुने जनाउदै स्याङजा सहयोग समाज जापानलाई धन्यवाद दिनुभयो ।
    कार्यक्रममा अन्र्तराष्ट्रिय स्याङ्जा सहयोग समाजका सल्लाहकार सुरेश रेग्मी, संरक्षक अध्यक्ष अनन्तकुमार श्रेष्ठ लगायतले स्वास्थ्य सुरक्षाका निम्ति अत्यावश्यक सामाग्रीको सही सदुपयोग गर्दै सुरक्षित रहनु पर्नेमा जोड दिनुभयो ।
    यसैबीच, अन्र्तरािष्ट्रय स्याङ्जा सहयोग समाजले एक सय सिलीण्डर अक्सिजन भरी बितरण गरिरहेको छ । जापानमा रहेर पनि आफनो मातृभूमिबासीप्रति समाजले यसअघि पनि बिभिन्न समयमा सहयोग गर्दे आएको छ । बिनासकारी भूकम्प होस् वा अन्य कुनै आपत्ती वा विपत्तीमा पनि सहयोग गरेको छ । समय समयमा समाजका तर्फवाट स्वास्थ्य सामाग्री, अपांगका लागि आवश्यकता अनुरुपमा सामाग्री, विपन्न तथा अपांग परिवारलाई आर्थिक सहयोग, भूकम्प पिडितलाई सहयोग लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दे आएको स्याङजा समाज जापानका अध्यक्ष धु्रव ज्ञवाली भन्नुहुन्छ । उहाका अनुसार आउदा दिनमा पनि समाजले सहयोगलाई निरन्तरता दिनेछ ।
    विश्व महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि विपदको समयमा मानवीय सहयोगार्थ हाम्रो समाज यस कर्ममा जुटेको बताउनुहुन्छ महासचिव बेद कार्की । हाम्रो सानो प्रयासले केही परिवारलाई राहत पुग्ने र कोरोना संक्रमणबाट जोगाउन सकिन्छ की भन्ने हाम्रो उदेश्य हो कार्की भन्नुहुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.