Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जाजरकोटमा भूकम्पबाट १ सय ३३ को मृत्यु, , १ सय ८५ जना घाइते
    समाचार

    जाजरकोटमा भूकम्पबाट १ सय ३३ को मृत्यु, , १ सय ८५ जना घाइते

    Syangja SandeshBy Syangja SandeshNovember 4, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं १८ कात्तिक । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।

    सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै (शनिवार) प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटिरहनुभएको छ । उहाँ चिकित्सक टोली र राहतसामग्रीसहित प्रभावित क्षेत्रमा पुग्नुभएको हो ।

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सय जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    यसैबीच भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार ३३ घाइतेको जिल्ला अस्पताल जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

    राहत तथा उद्धारका लागि चिकित्सकसहितको टोली घटनास्थलमा पुर्याउने काम भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । काठमाण्डौ, सुर्खेत र नेपालगञ्जमा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

    गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.