Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘जाऊँ है अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै आँधीखोलाको नीति तथा कार्यक्रम सार्वजनिक
    समाचार

    ‘जाऊँ है अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै आँधीखोलाको नीति तथा कार्यक्रम सार्वजनिक

    Syangja SandeshBy Syangja SandeshJune 20, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    असार ६, स्याङ्जा । आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले शनिवार आयोजित नवौ गाउसभाबाट चालु बर्षका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
    नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, सूचना प्रबिधि र पर्यटनलाई जोड दिएको छ । स्याङजाको पहिचान बोकेको अन्धाअन्धी दह र श्रवणकुमारको पहिचान बढाउने खालका कार्यक्रम ‘जाऊँ है अन्धाअन्धी श्रवणकुमार अभियान’ संचालन गर्ने भएको छ । यसैगरी, सिरुवारी – गोरुजुरे – अन्धाअन्धी – श्रवणकुमार – पंचासे पर्यटन मार्ग बनाउने, सेतीदोभान — साधना गार्डेन पदमार्ग र टावर निर्माण, डहरे लेकमा जंगल पार्क बनाईने जस्ता योजनालाई समावेश गरिएका छन्। सिरुवारी होमस्टेको संस्थागत संरचनाको निर्माण गरिने भएको छ ।
    कार्यक्रममा कृषि तथा फलफूल उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, सुन्तला पकेट कार्यक्रम, किवी पकेट विकास कार्यक्रम संचालन गर्ने भनिएको छ । भूमि बैङ्क र चक्लाबन्दीलाई प्रोत्साहन गर्ने, एक गाउ एक पकेट क्षेत्र, कृषकलाई कृषि तथा पशु बिमा गर्न प्रोत्साहन गरिने जस्ता कार्यक्रम छन् ।
    सबै जातजातिका, भेषभुषा, संस्कृतिको संरक्षण र पहिचानको लागि बहुजातीय संग्रहालय निर्माण, सबै वडा कार्यालयमा इन्टरनेटको ब्यवस्था, २ वटा वडा बालमैत्री बनाईने, पालिकाबासीलाई एक घर एक धारा अनुरुप सर्वसुलभ र स्वच्छ खानेपानी, गाउपालिकाको १० शैयाको अस्पतालको स्तरोन्नी, योग ध्यान केन्द्र निर्माण, उपचार सहायता राहत कोषको स्थापना, किशोर किशोरीमैत्री सूचना केन्द्र, हाम्रो बिद्यालय राम्रो बिद्यालय, जोखिमयुक्त बस्ती पहिचान सहित स्थानान्तरण, वातावरणमैत्री स्थानीय शासनमा जोड दिइएको छ।
    नीति तथा कार्यक्रम अन्तर्गत उत्पादनसँग विद्यार्थी विद्यार्थीसँग अध्यक्ष कार्यक्रम अनिवार्य रुपमा खोपको व्यवस्था, जेष्ठ नागरिकको सेवालाई स्वास्थ्य प्रबर्द्धन गर्दै जेष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिक कार्यक्रम, जेष्ठ नागरिक पोषण कार्यक्रम, पनि समावेश छन।
    लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नका लागि आवश्यक व्यवस्था गरिने, खेल मैदान निमार्ण, गाउँपालिकाको केन्द्रबाट वडा केन्द्रसम्म पुग्ने सडकहरुलाई स्तरोन्नत्ति सहित कालोपत्रे गरिने, सडक एवं पुर्वाधारतर्फ ४० प्रतिशत स्टक्चरको काम गर्ने उल्लेख छ।
    सेतीदोभान र शिरुवारी जोड्ने आँधीखोलामा निर्माणाधीन पुल निर्माण, बहुउद्देश्यीय सभा हल व्यापारिक तथा सपिङ कम्प्लेक्स जस्ता गाउँपालिकाका गौरब आयोजनाका कामलाई सम्पन्न गरी संचालन गर्ने व्यवस्था मिलाइने, सौर्य ऊर्जाका साथ आँधीखोला उज्यालो अभियान सञ्चालन गर्न प्रयत्न गरिने उल्लेख गरिएको छ ।
    पालिकाले गतबर्षभरी गरेका कामका बारेमा समिक्षा गदै चालु बर्ष संचालन गर्नेगरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
    पालिकाले १३ वटा ऐन पारित गरेको, कोभिडको माहामारीमा परेका नागरिकको स्वास्थ्य उपचारका लागि अक्सिजन सहितको स्वास्थ्य उपचार र आवश्यकता अनुरुपको स्वास्थ्य परिक्षण गरेको, न्यायिक समितिमा परेका १७ वटा उजुरी मध्ये १६ वटाका समस्या समाधान गरेको, राजश्व संकलनमा ९४ प्रतिशत सफलता मिलेको, पालिकामा संचालित आयोजनामा ८५ प्रतिशत भौतिक तथा ६२ प्रतिशत बित्तिय प्रगती भएको, ९८ प्रतिशतलाई खानेपानीको सुबिधा, ७० हेक्टरमा सिंचाई सुबिधा, गतबर्ष २६ किलोमीटर कालेपत्रे सडक निर्माणपछि अहिले पालिकाभित्र ३० दशमलब ४ किलोमीटर पक्की सडक बनेको अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।
    पालिकाले ५० प्रतिशत अनुदानमा टनेल, हाते ट्याक्टर उपलब्ध गराउनुका साथै, निशुल्क बिउ विजन, मल, कागतीका विरुवा उपलब्ध गराएको छ । पर्यावरण जोगाउन ५२ हजार माछाका भुरा, बिद्यार्थीलाई एभोकाडो कार्यक्रम सहित १६ हजार बिरुवा रोपण, ९ हजार किलो बर्षे आलुको बीउ सामुहिकरुपमा बितरण लगायतका बिभिन्न कार्यक्रम सम्पन्न गरेको थियो ।
    तस्विर ः गाउपालिकाको नवौ सभा ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.