स्याङ्जा २१ पुस । नेपाली कांग्रेसका महासमिति सदस्य, अधिवक्ता एवं समाजसेवी तुलसी गिरीले अमोर नेपाल सेवा फेदिखोलालाई नगद ८ हजार रुपैंया सहयोग प्रदान गर्नुभएको छ ।
पुतलीबजार नगरपालिका १४ लामागे निवासी गिरीले आफनो ७० औं जन्मदिनको अवसर पारेर गिरीले अमोर नेपाललाई सो नगद प्रदान गर्नुभएको हो ।
अमोर सेवा नेपाल संचालक कमला पराजुलीलाई नगद हस्तान्तरण गर्दे अमोर सेवा नेपालमा आश्रित बालबालिकाको शैक्षिक कार्यमा सो रकम खर्चिन सुझाव दिनुभयो ।