स्याङ्जा १७ कात्तिक । गल्याङ नगरपालिका –७ मा स्थित सेतीबेणी शिलाको दर्शन गर्न गएका आमाको कालीगण्डकीले बगाउदा मृत्यु भएको छ भने छोराको अस्पतालमा उपचार भैरहेको छ।
शुक्रवार बिहान शिला दर्शनका लागि पर्वतको विहादी गाउँपालिकाका २५ बर्षीया रितु भट्टराईको नदीले बगाउदा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक पावलसिंह लामाका अनुसरा, ‘उनका ४ बर्षे छोरा रियान्स भट्टराई कालीगण्डकी नदीमा खसेपछि छोरालाई बचाउन नदीमा हाम फालेकी आमा सहित छोरालाई उद्धार गरी अस्पताल लगिएकोमा उपचार क्रममा आमाको मृत्यु भएको छ भने छोराको अवस्था गम्भीर छ।’ । उनीहरु दुबैलाई ३५ मीटर तलबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।
आमा छोरालाई नै उद्धारपछि कालीगण्डकी अस्पताल मिर्मीमा उपचारका क्रममा आमाको मृत्यु भएको चिकित्सकले जनाएका छन्। छोराको भने उपचार भैरहेको छ।