स्याङजा १८ भदौ । हरिनास गाउँपालिकामा चोरी गरी फरार भारतीय व्यक्ति पक्राउ परेका छन् । भारतको बिहार राज्य ईनर्वा ५ बस्ने ३० वर्षीय मनोज कुमार महता हुन ।
महतोलाई शनिबार पर्साको विरगञ्ज महानगरपालिका १६ स्थित विरगञ्च बसपार्क हातभित्रबाट समान सहित पक्राउ परेका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उनको साथबाट प्रहरीले जेनरेटर, कम्प्रेसर मेसिन, खराद मेसिन, रन्दा कटर साईजर मेसिन डाईनामो, नट बोल्ट खोल्ने रिन्चिहरु बरामद गरेको बताएको छ ।
हरिनास गाउँपालिका २ का ५० वर्षीय बालकृष्ण सिग्देलले संचालन गरेको होमिक्स समिल फर्निचर उद्योगमा रहेको समानहरु चोरी गरी महतो फरार थिए ।
महतोलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ल्याई चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दा गरी हिजो जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।