एजेन्सी ९ असार । चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । यी खोपहरुलाई चीनभित्र शर्त सहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ । चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरुमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् । चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरुले विश्व स्वास्थ्य संगठनबाट यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन् ।
Thursday, March 27
Trending
- वालिङका महिलालाई चप्पल बनाउने तालिम शुरु
- घरेलु तथा साना उद्योग महासंघ स्याङजाको अध्यक्षमा पोखरेल
- अपांगताका सवालमा अन्तरक्रिया सहित सन्देशमूलक सामाग्री सार्वजनिकरण
- पुतलीबजारमा मादल बजाउन सिकाउने तालिम सम्पन्न
- क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित
- वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता कार्यक्रम
- कालीगण्डकीमा हाम फालेका कुमाल अझै भेटिएनन्
- भीरकोटमा सकारात्मक सोच सहित नेतृत्व विकास कार्यक्रम