स्याङ्जा ४ मंसिर । पुतलीबजार नगरपालिका ३ स्थित चितिकुनामा नवनिर्मित राधाकृष्ण मन्दिर तथा जेष्ठ नागरिक सत्संघ सेवा केन्द्र बिधिवतरुपमा उदघाटन गरिएको छ ।
बिगत ५ दिनदेखि राधाकृष्ण तथा गणेशका मूर्तिको बिभिन्न धार्मिक बिधि अनुरुप ध्यू, दूध, मह, अन्न, फलफूल र बिबिध औषधीबाट स्नान गराइ प्राणप्रतिष्ठाका बिधि पुरागरि मुक्तिनाथ धामका पीठाधीश १००८ सन्त शिरोमणी लोकानन्द स्वामीवाट शुक्रवारै बिधिवत पुजा अर्चना सहित मूर्ति अनावरण गरिएको हो ।
मन्दिर अनावरण गर्दे स्वामीले धर्मप्रति आस्थावान हुदै सत्कर्म गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रैसका केन्द्रीय पूर्वउपसभापति एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, बिष्णु ज्ञवाली भागवत वाचकहरु देवेन्द्र भारद्धाज, गोपाल पाण्डे र आचार्य टिकाराम पौडेल लगायतले सत्संघ केन्द्रलाई धार्मिक पर्यटकीय क्षेत्र निर्माण गरिनु पर्नेमा जोड दिनुभयो ।
यहाँका जग्गादाता छायादत्त दोरंगाा, हुमावती दोरंगा, रामप्रसाद दोरंगाा, भवानी मरासीनी, इश्वरी मरासीनी , पिताम्बर मरासीनी, भगवती मरासीनी र चन्द्रकला मरासीनी लगायतले निशुल्क जग्गा उपलब्ध गराएका हुन। तीन रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर करिब ३ करोडको लागतमा निर्माण गरिएको हो।
राधाकृष्ण र गणेशका मूर्ति स्थानीयबासी नारायण दोरंगा र राधा दोरंगाले उपलब्ध गराएका हुन। उनीहरुले भारतको राजस्थानबाट ब्यक्तिगत खर्चमा उपलब्ध गराएको सचिव बलराम दोरंगाले जानकारी दिनुभयो ।
मन्दिर निर्माणका लागि संघीय सरकार, गण्डकी प्रदेश, पुतलीबजार नगरपालिका, स्थानीय समाजसेवीको आर्थिक तथा जनश्रमदानबाट गरिएको हो।
पाँच दिने मूर्ति पुजाका अवसरमा करिब १५ लाख रुपंैया संकलन भएको बताइएको छ।
Monday, December 15
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
