स्याङ्जा १४ कात्तिक । चापाकोट नगरपालिकामा ७ खासा स्थित एक घरमा मंगलबार बिहान पत्नी घरभित्र र पती घर बाहिर मृत अवस्थामा भेटिएका छन्।
प्रहरी निरीक्षक पहलसिंह लामाका अनुसार, ‘धारिलो हतियार बञ्चरो प्रहारगरी हत्या गरिएको अवस्थामा अन्दाजी ४५ बर्षिया पार्वती विक आफनै घरको कोठामा मृत भेटिईन्। यसैगरी, ४८ बर्षिय उनका पती देवबहादुर विक घर नजिकको रामसिंगेको रुखमा झुण्डिएको अवस्थामा थिए।’
मृतक पति पत्निका ३ छोरा र २ छोरी छन्। २ छोरा विदेश, एक छोरा काठमाण्डौं, एक छोरीको विहे भएर घरमा छन्। उनीहरुसंगै रहेकी १४ बर्षिया एक छोरी अर्को कोठामा सुतिरहेको र त्यस्तो घटना घट्दा समेत थाहा नपाएको उनले बताएको प्रहरी निरीक्षक लामाले जानकारी दिनुभयो ।
पती पत्नीबीचको आपसी झगडाका कारण घटना घटेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको अनुमान रहेको बताइएको छ। खबर पाएपछि बिहान घटनास्थल पुगेको प्रहरी टोलीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।