स्याङ्जा २१ असोज । नेपाली काँगे्रसका नवनिर्वाचित पुतलीबजार नगर कार्यसमितिले नजिकिदै गरेका पर्वहरुलाई लक्षित गर्दे नागरिक सेवाप्रति उत्तरदायी बन्न प्रमुख जिल्ला अधिकारी र नगरप्रमुखको ध्यानाकर्षण गराएका छन्।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र नगरप्रमुख सीमा क्षेत्रीका कार्यकक्षमा पुगेर छुट्टाट्ट्टै ज्ञापनपत्र बुझाउदै समसामयिक ६ बुदें माग शिघ्र पुरा गर्न आग्रह गरेका छन्।
कोरोना संक्रमणका कारण बिगत २ बर्षदेखि परिवारभित्रै चाडपर्व मनाएका नागरिकलाई आफना गाउँघरसम्म पुग्ने ग्रामिण सडक मर्मत, सडक बत्तीको उपलब्धता, अखाद्य र महंगो मूल्य नियन्त्रण, खानेपानीका मुहान र पाइपको उचित ब्यवस्थापन, जोखिमपूर्ण सवारी यात्रामा निरीक्षण एवं नियन्त्रण, चाडपर्वमा हुनसक्ने चोरी डकैती, जुवातास र आपराधिक घटनाप्रति संवेदनशील बन्न ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गरिएको हो ।
नगरसभापति सुरजकुमार अधिकारीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा नगर अन्र्तगतका १४ वटै वडाभित्रका सडकहरु सफा गर्न, सडक बत्ति नहुँदा चोरीका घटना बढेकाले सडक बत्ति मर्मत गर्न, सुपथ मुल्यमा सहज खाद्यवस्तुको विक्रि वितरणको व्यवस्था गर्न, खानेपानीका मुहान, पाईप तथा धाराहरु वषौँदेखि मर्मतसंहार हुन नसक्दा नागरिकले सास्ती बेहोर्नुपरेको भन्दै ध्यानाकर्षष्ण गराईएको छ।
यतिवेला ग्रामिण सडकमा सवारी साधन चलाउन कठिन र चाडपर्वहरुको बेला सवारी शुल्क धेरै तिर्नुपर्ने, याात्रु तथा सामान धेरै राख्नाले दुर्घटना बढ्न सक्ने जनाउदै यसप्रति गम्भीरभई कामकारवाही गर्न आग्रह गरिएको छ।
चाडपर्वमा हुन सक्ने चोरी, डकैती, जुवातास, लागुपदार्थ तथा आपराधिक क्रियाकलाप समेतलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाई वडागत तहमै पुगेर सुरक्षा प्रत्याभुत दिलाउन समेत माग छ।
नेपालीहरुको प्रमुख चाड बिजयादशमी, दिपावली, न्हूदँया भिन्तुना, इद, छठ लगायतका पर्वहरु नजिकिएको भन्दै जिल्लाबासी नागरिकका समसामयिक समस्याप्रति नेपाली कांग्रेस नगर कार्यसमितिको ध्यानाकर्षण गराएको सचिव महादेव श्रेष्ठले जानकारी दिनुभयो ।
Friday, January 17
Trending
- गरिमा विकास बैंकको अध्यक्षमा दिलिपप्रताप खाँण
- वालिङ प्याथोलोजी तेस्रो बर्षमा,चार जिल्लाका नागरिकलाई सहज
- आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व मनाईदै
- मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको बिधेयक बारे सुझाव संकलन
- आजदेखि एक महिने स्वस्थानी व्रत शुरू
- प्याब्सन स्याङजाको अध्यक्षमा राजेन्द्र गोदार निर्वाचित
- निजी तथा सरकारी बिद्यालयबीच बिभेद नगरौं — उपाध्यक्ष अधिकारी
- चण्डीकालिका बचत तथा सहकारीको साधारणसभा सम्पन्न