स्या्जा असार २४ । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको गौतमडाँडामा माथिबाट खसेको पहिरो हटाएपछि साझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले बताएको छ । सडक डिभिजन कार्यालय पोखराको र पुतलीबजार नगरपालिकाको डोजर ल्याएर पहिरो हटाएपछि एकतर्फी रुपमा मोटरसाइकल र साना सवारी साधनहरु सञ्चलनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सानो सवारी सधानहरु एकतर्फी रुपमा सञ्चालनमा आए पनि ठूलो सवारी साधनहरु सञ्चालनमा आउन अझै केही घण्टा लागउने प्रहरीले बताएको छ । अहिले पहिरो पन्छाउने काम भइरहको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको गौतमडाँडामा दिउँसो पहिरो जाँदा याातायात अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजगार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सयौँ ठूलो सवारी साधन रोकिएका छन् ।