Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, May 15
    Trending
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    • पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
    • स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
    • फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए
    वालिङ् नगरपालिका

    गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए

    आईतवार नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले उद्घाटन गरेको इलाका प्रशासन कार्यालय जग्गादाताको असन्तुष्टी पछि विवादित वनेको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 21, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ भदौ । आईतवार नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले उद्घाटन गरेको इलाका प्रशासन कार्यालय जग्गादाताको असन्तुष्टी पछि विवादित वनेको छ । जग्गादाताले गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र मंगलवार इलाका प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र वुझाउदै ढाकिदिएका छन् ।

    वालिङ नगरपालिका वाड नं ९ मा निर्माण गरिएको भवनको उद्घाटन आईतवार गरिएपनि भवनमा लेखिएको ताम्रपत्रमा उद्घाटन मिति भने २०८१ असार २२ लेखिएको छ । पुरानो मितिको ताम्रपत्र १ महिना पछि सुटुक्क आएर उद्घाटन गर्दा गृह जिल्लामै गृह सचिव अर्याल विवादमा फसेका हुन ।

    जग्गा दाता तथा स्थानीयहरुले ईलाका प्रशासन कार्यालयका प्रमुख शुभाष शर्मा पौडेललाई ज्ञापन पत्र बुझाउँदै ताम्रपत्र हटाउन र पुनः जग्गादाताहरुको सहभागितामा उद्घाटन गर्न माग गर्दै ज्ञापनपत्र वुझाएका छन् ।

    भवन उद्घाटन इलाका प्रशासन कार्यालयको कार्यक्रम नभई जिल्ला प्रशासन कार्यालयको कार्यक्रम रहेको वताएपछि इलाका प्रशासन कार्यालय वालिङका प्रमुख शुभाष शर्मा पौडेल संग जग्गादाता झनै आक्रोशित वनेका थिए । कार्यालयको जिम्मा लिएका प्रमुखले गैह्र जिम्मेवार तर्क गरेको भन्दै जग्गादाता र पौडेल विच भनाभन समेत भएको थियो । पछि वडा प्रहरी कार्यालयवाट प्रहरी नायव उपरिक्षक बसन्त पाठकले सहजीकरण गरेपछि जग्गादाताले ताम्रपत्र ढाकेर छाडेका छन् ।

    ज्ञापनपत्र बुझाउँदै जग्गा दाता कपिलदेव शर्मा पंगेनीले भन्नुभयो,“हामीले करोडौं पर्ने जग्गा निशुल्क रुपमा दियौं तर हामीलाई बेवास्ता गरियो ।” भवन अनावरणमा आफूहरुलाई भित्र प्रवेश गर्न समेत रोक लगाएको गुनासो छ । कपिल देवले भवनका लागि १ रोपनी ४ आना जग्गा निशुल्क दिनुभएको थियो भने धु्रवराज पंगेनीले १ रोपनी, खड्ख कुमारी खाँणले ८ आना र विष्णु प्रसाद पंगेनीले ४ आना जग्गा निशुल्क दिनुभएको थियो । भवन झण्डै ४ रोपनी क्षेत्रफनमा निर्माण भएको थियो ।

    उता जिल्ला प्रशासन कार्यालयको सामान्य त्रुटीले गृह सचिव जस्तो उच्च पदस्थ अधिकारी आफ्नै जिल्लामा विवादित वनेको प्रति धेरैले चिन्ता व्यक्त गरेका छन् । गत असार २२ गते जिल्लामा अविरल वर्षाका कारण आएको वाढीले जनधनको क्षति पुगेका कारण प्रशासनको भवन उद्घाटन कार्यक्रम स्थगित गरिएको थियो ।

    असार २२ मा स्थगित गरिएको कार्यक्रम गृह सचिव ज्यूको अनौपचारिक जिल्ला भ्रमणमा रहेका वेला हतार हतारमा भवनमा रहेको ताम्रपत्र अनावरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिनुभयो । यसलाई गलत तरिकाले नवुझ्न जग्गादाता र शुभेच्छुकलाई आग्रह समेत गर्नुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.