स्याङ्जा, १६ भदौ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आसन्न १४ औं महाधिबेशनमा सभापति शेरबहादुर देउवाले आफुलाई उत्तराधिकारी बनाउन अनुरोध गर्नुभएको छ ।
गृह जिल्ला आएका बेला स्याङ्जा सदरमुकाममा आयोजित अगुवा नेता तथा कार्यकर्तालाई चुनावी अभियानका बारेमा बुधवार जानकारी गराउदै आफु सभापतिको उम्मेदवारीबाट पछि नहट्ने पनि उहाले दोहो¥याउनुभयो ।
उहाले भन्नुभयो ‘पार्टीभित्रका गुटउपगुट, भागबण्डाको अन्त्य गर्दे अनुशासित र समावेशी अधिकार कार्यान्वयनगरी सबैको स्वीकार्य सभापति बन्नेछु। सभापति देउवाजीले अब काँध फेर्न जरुरी छ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले गुटैगुटका कारण काँग्रेस कमजोर बन्दै बनेको बताउनुभयो । काँग्रेसलाई सबैको पार्टी बनाउन हिमाल, पहाड र मधेशमा बस्ने आदिबासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकलाई एक साथमा लिएर अगाडी बढने उहाको भनाइ छ। सबै क्षेत्र वर्गलाई पार्टीमा प्रतिनिधित्व गराउने पहिलो दल नेपाली काँग्रेस भएको बताउदै प्रमुख श्रेष्ठले सनातन धर्मसहितको धार्मिक स्वतन्त्रता आफ्नो एजेण्डा रहेको जनाउनुभयो ।
कार्यबहाक सभापति भएर ११ औं महाधिबेशन गराएर ईमान्दारिता पूर्वक जेलमा रहेका देउवालाई सर्वसहमतिमा सभापतिमा चयन गराएको उहाले स्मरण गराउनुभयो । त्यहीे ईमान्दारिता र बिगत ६ दशकदेखि संगठनमा गरेको योगदानको मुल्याङ्कन गर्नेमा आफु विश्वस्त रहेको उहाको भनाई छ ।
छिमेकी मुलुक भारतमा मोदी झैं रहन देउवालाई नेता श्रेष्ठको सुझाव छ। आफु सभापति बनेमा पार्टी संचालन गर्ने र देउवाले सरकार चलाउने उहाले भन्नुभयो ।
वर्तमान सरकार गठबन्धनको भएका कारण सरकारले पूर्णता पाउन नसकेको बरिष्ठ नेता श्रेष्ठको भनाई छ । गठबन्धन सरकारले राम्रो कामको थालनी गर्दै अगाडी बढेको दावी गर्नुभयो ।
नजिकिदै गरेको आसन्न निर्वाचनमा सच्चा, इमान्दार कांग्रेसलाई मतदानगरी बिजयी गराउन र कांग्रेसको संगठनलाई मजबूत बनाउन वरिष्ठ नेता श्रेष्ठले नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो । उहाले भन्नुभयोे ‘अवसरवादीलाई पहिचानगरी अमूल्य मतलाई सुरक्षित बनाऔंैं।’