Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङ नगरपालिकाको वार्षिक समिक्षा
    गल्याङ् नगरपालिका

    गल्याङ नगरपालिकाको वार्षिक समिक्षा

    Syangja SandeshBy Syangja SandeshAugust 24, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जां ८ भदौ । गल्याङ नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको छ । गल्याङ नगरपालिका सभाहलमा भएको कार्यक्रममा गत आर्थिक वर्षको नीति योजना कार्यान्वयनको समिक्षा एवम् चालु आर्थिक वर्षको योजनाको बारेमा छलफल भएको हो ।
    कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरवासीलाई अधिकतम सेवा दिने काममा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभएको छ ।
    उहाँले नगरवासीका गुनासा नआउने गरी काम गर्न जनप्रतिनिधि एवम् कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
    नगरप्रमुख अधिकारीले भन्नुभयो –‘सकेसम्म छिटो र छरितो ढंगले नगरवासीको काम होस् भन्ने कुरामा सबैले जोड दिनुपर्छ ।’
    उहाँले कोरोना संक्रमणका कारण सोचेजति काम गर्न नसकिए पनि नगरपालिकामा धेरै कामहरु भएको बताउनुभयो ।
    नगरप्रमुख अधिकारीले स्थानीय तहको बेरुजुलाई कम गर्न कर्मचारी नै बढि जिम्मेवार हुने भन्दै आगामी वर्ष बेरुजु कम गर्ने गरी लाग्न आग्रह गर्नुभयो ।
    उहाँले भन्नुभयो –‘कागजपत्र कहाँ के पुगेको छैन, त्यो हेर्ने र पुरा गर्ने काममा अलि गम्भिर ढंगले लाग्न म आग्रह गर्दछु ।’
    कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले साधन स्रोतको कमी भए पनि अधिकतम सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
    शर्माले भन्नुभयो –‘साधन स्रोतले परिपूर्ण कहीं पनि हुँदैन । भएको स्रोत साधनलाई प्रयोग गरी उच्चतम काम गर्नु नै ठूलो कुरा हो ।’
    अन्तिम समयमा काम सम्पन्न गर्ने र भूक्तानी दिने प्रबृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिदै उहाँले आगामी मंसिर सम्ममा सबै योजनाको स्टमेट पुरा गरी सम्झौता सम्पन्न गर्नेगरी लाग्न आग्रह गर्नुभयो ।


    कार्यक्रममा नगरपालिकाका ११ वटै वडा तथा शाखा प्रमुखहरुको तर्फबाट गत वर्षको प्रतिबेदन प्रस्तुत गरिएको छ । जस अनुसार गत आर्थिक वर्षमा लक्ष्य भन्दा एक सय ९ प्रतिशत बढि राजश्व संकलन भएको छ ।
    राजश्व शाखाको तर्फबाट प्रतिबेदन पेश गर्दै शाखा प्रमुख प्रेम बहादुर आलेले आय प्रक्षेपण भन्दा एक सय ९ प्रतिशत बढि दुई करोड १९ लाख ९६ हजार दुई सय छ रुपैयाँ राजश्व संकलन भएको जानकारी दिनुभयो ।
    उहाँले गत आर्थिक वर्षमा वडाहरुबाट ३८ लाख २७ हजार नौ सय ५२, नदिजन्य पदार्थको ठेक्का सम्झौताबाट ४२ लाख १६ हजार पाँच सय ९७ तथा नदिजन्य पदार्थमा कर्मचारी परिचालनबाट ४० लाख १० हजार एक सय ५० रुपैयाँ राजश्व संकलन भएको जानकारी दिनुभयो ।
    यस्तै, पशु सेवा शाखाबाट प्रतिबेदन पेश गर्दै शाखा प्रमुख सुशिल अर्यालले पशुका लागि दिइएको विभिन्न अनुदान मध्ये दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट ७८ लाख ९९ हजार नौ सय २० रुपैयाँ अनुदानबाट एक हजार एक सय ७९ परिवार कृषक प्रत्यक्ष लाभान्दित भएको बताउनुभयो । यस्तै, गाई भैंसीमा लागत साझेदारी कार्यक्रम अन्तर्गत ६२ लाख ६६ हजार अनुदानबाट दुई सय ९४ जना कृषक प्रत्यक्ष लाभान्दित भएको अर्यालले जानकारी दिनुभयो ।
    यस्तै पशु सुरक्षण कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ अनुदानबाट एक हजार दुई सय पाँच जना कृषक प्रत्यक्ष लाभान्दित भएका छन् । यसैगरी चार प्रतिशत कृषि ऋण अनुदान अन्तर्गत १५ लाख अनुदान वितरण गर्दा दुई सय ८१ जना प्रत्यक्ष लाभान्दित भएका छन् । यस्तै, बंगुरपालन कार्यक्रम अन्तर्गत १५ लाख अनुदान वितरण गर्दा ६४ परिवार प्रत्यक्ष लाभान्दित भएका छन् भने ११ वटै वडामा गरिएको कुखुरापालन कार्यक्रमका लागि ५० प्रतिशतमा पाँच लाख अनुदान वितरण गर्दा एक हजार एक सय ९४ कृषक प्रत्यक्ष लाभान्दित भएका छन् ।
    प्रतिबेदन प्रस्तुत गर्दै वडा सचिवहरुले कर्मचारीको अभाव, कर्मचारीलाई तालिमको व्यवस्थापन, कम्प्युटर प्रिन्टर सहितका उपकरणको आवश्यकता, इन्टरनेट लगायतका समस्या समाधानमा जोड दिन आग्रह गरेका छन् ।
    यसैवीच, कार्यक्रममा चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम पनि सार्बजनिक गरिएको छ ।
    कार्यक्रममा सबै वडागत योजनाका लागि बजेट विनियोजन गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.