स्याङ्जा २४ बैशाख । गल्याङ नगरपालिकाका १ सय ४३ वटा कुकुरलाई रेबिज बिरुद्धको खोप र १ सय ११ वटा कुकुरको बन्ध्याकरण गरिएको छ।
कुकुरको टोकाइबाट हुने रेविज रोगबाट बच्नका लागि खोप र अनावश्यक कुकुरका संख्या नबढाउन बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ। घरपालुवा तथा घरभन्दा बाहिर रहेका कुकुरलाई बन्ध्याकरण सहित रेविज बिरुद्धको खोप दिइएको हो।
भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना तथा गल्याङ नगरपालिकाको व्यवस्थापनमा बिहीवार यहाँ शिविर संचालनगरी खोप सहित बन्ध्याकरण सेवा उपलब्ध गराइएको पशु चिकित्सक डा.टंक प्रसाईले जानकारी दिनुभयो ।
शिबिरमा ३ जना विशेषज्ञ सहितको सर्जन टोली बन्ध्याकरण सहित खोप सेवा उपलब्ध गराएको गल्याङ नगर पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले बताए।
उनका अनुसार, ‘गल्याङमा यसअघि रेविज खोप सेवा उपलब्ध गराएता पनि बन्ध्याकरण शिबिर भने पहिलोपटक हो।’
Wednesday, May 21
Trending
- जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
- नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
- अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
- गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
- महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
- बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न