स्याङ्जा १७ चैत । ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय नेपालका निर्देशक राजयोग बह्रमाकुमारी प्रनीताले आत्मिक शक्ति प्राप्त गर्ने विधि हामीले अपनाउन नसकेका कारण मान्छे आज दुःखी छ असान्त भएको बताउनुभएको छ । आफ्नो आत्मलाई चिन्न नसक्दा मानिस धेरै व्यस्त भएको र आफनो खानपान र स्वास्थ्यमा समेत ध्यान एवं समय दिन नसकेको बताउनुभयो ।
गल्याङ नगरपालिकाको आयोजना तथा बह्रमाकुमारी इश्वरीय विश्व विद्यालय उपशाखा गल्याङको समन्वयमा ५ दिवसीय मानसिक शान्ति,पारिवारिक खुशी र सामाजिक समृद्वताका लागि राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रमको गल्याङमा उद्घाटन गर्दै निर्देशक प्रनीताले सो कुरा बताउनु भएको हो ।
सकरात्मक सोचले सबै सकरात्मक हुने भएकाले सबै सकरात्मक बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । आत्मलाई शुद्व राख्नु पर्ने र सकरात्मक सोचले मानिस खुशी हुने र नकरात्मक सोचले मानिस दुःखी हुने बताउदै खुशी अन्तरआत्मबाट प्राप्त हुने उहाँले भन्नुभयो ।
हरेक मानिसलाई राजयोग र मेडिटेशनले मात्रै मानिसलाई आत्मीक शक्तिलाई चलाएमान बनाउनका लागि आफूलाई चार्ज गर्नु पर्ने त्यो गर्न सकिन भने र आत्मलाई जान्न सकिएन भने मान्छे दुःख पिडा र कुण्ठामा बाचेको बताउदै आत्म विश्वासका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति एवं गरिमा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्याल, नेकपा एमाले नगर सचिव राजेन्द्र देब खनाल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष चित्रबहादुर थापा मगर, ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय नेपालका राजयोग बह्रमाकुमारी महासचिव शैलेश राज बराल, गल्याङ ं.४ का अध्यक्ष ढाकाराम न्यौपाने, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पाँच दिन सम्म सञ्चालन हुने तालिममा नगर कार्यपालिका सदस्य, कर्मचारी, विभिन्न आमा समूह, क्लव तथा शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको प्रशिक्षक बह्रमाकुमार राजु घलेले गर्नु हुने भएको छ । प्रशिक्षण विहान ७ः०० बजे देखि १०ः०० सम्म पहिलो चरण,११ः०० देखि १ः०० सम्म दोस्रो चरण र ३ ः०० देखि ५ः०० सम्म तेस्रो चरण गरेर योग सञ्चालन गरिने बह्रमाकुमारी इश्वरीय विश्व विद्यालय उपशाखा गल्याङका प्रमुख शोभा बरालले जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा समिति सदस्य द्रर्बेन्द्रदेब खनालले स्वागत र शिक्षा,युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख हिमाल भण्डारीले संचालन गर्नु भएको थियो ।