Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 16
    Trending
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    • पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
    • स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
    • फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङमा ३ सय क्षमताको सिटी हल हस्तान्तरण
    गल्याङ् नगरपालिका

    गल्याङमा ३ सय क्षमताको सिटी हल हस्तान्तरण

    Syangja SandeshBy Syangja SandeshNovember 11, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ कात्तिक ःगल्याङ नगरपालिकामा ३ सय जना अटाउने क्षमताको सिटी हल निर्माण गरिएको छ । वडा नम्बर ३ गल्याङबजार नजिकै सिटी हल निर्माण गरिएको हो । तीन करोड ६६ लाख ३५ हजार तीन सय ४३ रुपैयाँ ७९ पैसामा निर्मित सिटी हल सहित भवन बिहीवार हस्तान्तरण गरिएको छ ।

    निर्माण आयोजनाका तर्फबाट सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले गल्याङ नगरपालिकालाई सिटी हल भवन हस्तान्तरण गरेको हो । कार्यक्रममा आयोजनाका प्रमुख इन्जिनियर झपटबहादुर थापाले गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई भवन हस्तान्तरण गर्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले समयमा नै सिटी हल निर्माण गरी हस्तान्तरण गरिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विकासको सन्दर्भमा स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनको महत्वपूर्ण हात हुने बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले विकास निर्माणको प्रक्रिया एकैपटक नहुने भन्दै क्रमशः विकासको कामहरु अगाडि बढ्दै गएको बताउनुभयो ।


    सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका आयोजना प्रमुख झपट बहादुर थापाले समयमा नै सिटी हल हस्तान्तरण गर्न पाउदा आफुलाई खुशी लागेको बताउनुभयो ।


    कार्यक्रममा गल्याङ नगरपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख केदारराज आचार्य, लेखा शाखा प्रमुख भोजराज बगाले, प्राविधिक शाखा प्रमुख इन्जिनियर प्रज्वल गिरी, आयोजनाका इन्जिनियर रामकृष्ण गिरी, सब इन्जिनियर सागर पोखरेल, प्रविण क्षेत्री, निर्माण व्यवसायी रविना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनाल, टेकनाथ अधिकारी लगायतको सहभागिता रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आइतवारदेखि पठनपाठन सुरु गर्न गल्याङ नगरपालिकाको आग्रह

    April 26, 2025

    सात तोला ९६ लाल सुन सहित अर्याल पक्राउ

    April 17, 2025

    मालुंगा क्याम्पस स्ववियू सभापतिमा नेविसंघका गोबिन्द भण्डारी

    March 13, 2025

    स्याङ्जा क्रिकेट लिगको उपाधी गल्याङ् नगरपालिकालाई

    February 23, 2025

    गल्याङमा मगर भाषा अर्थात अक्खा लिपि प्रशिक्षण

    January 28, 2025

    कृति लोकार्पण सहित अक्षयकोष घोषणा

    December 8, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.