Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 20
    Trending
    • गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा
    • बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान
    • आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक
    • वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत
    • छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने
    • गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा
    • मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान
    • जबरजस्ती करणी कसुर मुद्दामा फरार कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकी प्रदेशको मन्त्री मण्डललाई पूर्णता
    गण्डकी प्रदेश

    गण्डकी प्रदेशको मन्त्री मण्डललाई पूर्णता

    Syangja SandeshBy Syangja SandeshJuly 23, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पोखरा ८ साउन । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक महिनापछि मन्त्री मण्डललाई पूर्णता दिनुभएको छ । शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै ११ मन्त्रालय रहेको मन्त्रीपरिषद्लाई पूर्ण बनाउनु भएको हो ।
    नेपाली कांग्रेसका ३ जना र नेकपा माओवादी केन्द्रका ३ जना गरी ६ जना थपिएका हुन । थपिएसंगै नयाँ जिम्मेवारी अनुसार कांग्रेसका कुमार खड्काले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री, विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री र मणिभद्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सपथ लिनु भएको छ ।
    यसैगरी, माओवादी केन्द्रबाट रामजी बरालले अर्थ मन्त्रालय, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय र दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।

    माओवादीबाट मधुमाया अधिकारी यसअघि नै मन्त्री बन्नुभएको छ । उहाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाउनु भएको छ। जसपाबाट हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बन्नु भएको छ भने स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे युवा तथा खेलकुद मन्त्री हो ।

    नवनियुक्त मन्त्रीहरुलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराउनुभयो । नवनिर्वाचित मन्त्रीहरुले आज नै पदभार सम्हाल्नु भएको छ ।
    नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले २९ जेठमा मुख्यमन्त्रीको सपथ लिनु भएको थियो । सोही दिन उहाले अरु ४ जनालाई विना विभागीय मन्त्री बनाउनुभयो । कांग्रेसबाट कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव दीपक मनाङे २९ जेठमै मन्त्री नियुक्त हुनुभएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025

    गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजालाई

    June 21, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.