पोखरा २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको प्रस्ताव प्राप्त गर्न नसकेपछि गुरुङ सरकार ढलेको छ । आज प्रदेश सभामा भएको विश्वासको प्रस्तावमाथि मतदान हुदा गुरुङको पक्षमा २७ मत पर्दा विपक्षमा भने ३० मत प¥यो । दीपक मनाङे अनुपस्थित हुँदा जनमोर्चाबाट कारवाहीमा परेका कृष्ण थापा भने तटस्थ रहनुभएको थियोे । सभामुखले बराबर भएमा मात्र मतदान गर्न पाउने प्रावधान छ । प्रदेश सभामा सभामुख सहित ६० सदस्य छन् । गुरुङ पछिल्लोपटक वैशाख २९ मा नेपालको संविधान धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका थिए । १ महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले उहाले आजका लागि समय माग्नुभएको थियो । अब प्रदेश प्रमुखले १६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुहुनेछ ।
Monday, December 15
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
