Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्
    राजनीति

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    Syangja SandeshBy Syangja SandeshJanuary 20, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ पुस । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनेगरी मत दिन सुझाव दिनुभएको छ ।

    गण्डकी प्रदेश स्तरीय सत्तागठबन्धनका साझा उम्मेदवारहरु मत माग्नका लागि स्याङ्जामा आएपछि आयोजित परिचय एवं मतदाता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्ले बर्तमान सत्ता गठबन्धनलाई अझै कसिलो बनाउनका लागि गठबन्धनका उम्मेदवार बिजयी गराउनुपर्ने आजको आवश्यकता रहेको औल्यााउनुभयो ।

    नेपाली कांग्रेसका केन्द्रिय उपसभापति समेत रहेका गुरुङ्ले भन्नुभयो, ‘सत्ता गठबन्धन चानचुने सम्बन्धले अघि बढेको होइन, पाँच बर्ष टिकाउनेगरी बनेको गठबन्धनलाई देखेर केहीलाई इश्र्या, जलन भएको होला। यसैले, यस साझा उम्मेदवारलाई मत दिई गठबन्धन झनै बलियो बनाउन जरुरी छ। कुनै पनि बहानामा मत बिगार्न पाईने छैंन्।’ संकट अवस्थामा रहेको आर्थिक अवस्थालाई सुदृढ बनाउदै शुशासनमा अघि बढेको उहाको भनाई छ।

    सोही कार्यक्रममा नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, ंसंघिय सांसद एवं जिल्ला सभापति राजु थापा, पूर्व मन्त्री एवं महिला नेतृ कमला पन्त, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश न्यौपाने लगायतले गठबन्धन उम्मेदवारलाई बिजयी गराउनु पर्नेमा जोड दिनुभयो ।

    यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) र पदमबहादुर परियार ( तनहुँ) र नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा (पर्वत) उम्मेदवार हुनुहुन्छ ।

    गठबन्धनका साझा उम्मेदवारले पनि आ आफना प्रतिवद्धता सहित अनुभव सुनाउदै मत माग्नु भएको छ । कार्यक्रममा नगरपालिकका प्रमुख, उपप्रमुख, गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरु सहभागी थिए ।

    गण्डकी प्रदेशमा गठबन्धनको ३ हजार ८ सय २७ मतभार छ भने नेकपा एमालेको २ हजार चार सय ५८ मतभार छ ।

    गण्डकी प्रदेशमा कांग्रेसको २ हजार ७ सय चार, माओवादी केन्द्रको ९ सय ९४, नेकपा एकीकृत समाजवादीको ७२, राष्ट्रिय जनमोर्चा नेपालको ५७ मतभार छ । गठबन्धनका साझा उम्मेदवार सहितको सो टोली नवलपुर जिल्ला हुदै शुक्रवार स्याङ्जामा आइपुगेका हुन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.