स्याङ्जा २३ पुस । नेकपा एमालेका केन्द्रिय सचिव पद्मा अर्यालले गठबन्धनसंग एमाले एक्लै जुध्न तयार रहेको बताउनुभएको छ । नेकपा एमाले स्याङ्जाको ८ औँ जिल्ला अधिवेसनका उद्दघाटन गर्दै पुर्व मन्त्री समेत रहनु भएका अर्यालले यस्तो बताउनुभएको हो ।
ओली सरकारले जनताको मनमनमा वस्ने काम गरेको भन्दै एमालेकै सरकार जनताले चाहेको उहाँले बताउनुभएको हो । सरकारका लागी गठबन्धन गरेका पार्टीहरु पार्टी एकता गरेपनि एमाले जुध्न तयार रहेको र ओली सरकारले विकास निर्माणका साथै ऐतिहासिक कार्यहरु गरेकाले आगामी निर्वाचनमा एमाले नै पहिलो पार्टीको रुपमा पुन सरकारमा जाने उहाँले दावी गर्नुभयो । विकास र समृद्धिको यात्रामा अगाडि बढेको सरकारलाई सत्ताच्युत गरेर अगाडि बढेका प्रतिगमनकारीहरुले देशलाई संकटमा पारेको उहाँको भनाई छ ।
गठबन्धनको सरकारले भन्न सक्ने कुनै काम नगरेको र देशमा आर्थिक मन्दी आएको बताउदै विकास ठप्प रहेको बताउनुभयो । हिँजो प्रतिपक्षीमा हुँदा गाली गर्नेहरु आज नाजवाफ रहेको भन्दै जनताले चुनेर बनाएको सरकारलाई ढलाएर देशमा संकट निम्तिइरहेका बेला जनताले एमालेको सरकारलाई सम्झिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्यहरु सीता सुन्दास, सीमा क्षेत्री, किशोरविक्रम मल्ल, केन्द्रिय अनुशासन आयोग सदस्य चक्रबहादुर पराजुली, संविधानसभा सदस्यहरु टेकू नेपाली र मुक्ति पाठक, संघिय सांसद नारायणप्रसाद मरासीनी, प्राध्यापक डाक्टर गणेशमा गुरुङ् , गण्डकी प्रदेश सांसद मिनप्रसाद गुरुङ, एमाले नेताहरु खिम थापा, पुष्य भुषाल, सोभियत ढकाल, नेपाली कांग्रेसका सहसचिव धुवबन्धु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, मओवादी केन्द्रका नारायण लम्साल लगायतले लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुुभएको थियो । जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसको अध्यक्षतामा सम्पन्न उद्दघाटन कार्यक्रमको सञ्चालन सचिव सुधिरकुमार पौडेलले गर्नुभएको थियो । बन्द सत्र आज बिहान ८ बजे सुरु गरिने पनि सचिव पौडेलले जानकारी दिनुभयो ।
Tuesday, May 13
Trending
- स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
- आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
- पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
- प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
- शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
- लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
- खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
- कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान