Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 23
    Trending
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    • आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा
    • एआई—एक्सरेद्धारा क्षयरोग खोजपड्ताल शिविरमा पुतलीबजारका २०८ जना लाभान्वित
    • पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला बितरण सुरु
    • पर्यटक लोभ्याउदै स्याङ्जाकै अग्लो चिउरीको झोलुंगे पुल
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘खेली गीत’ संरक्षणसंगै तुलसी प्रभासलाई बिद्यावारिधी
    कला

    ‘खेली गीत’ संरक्षणसंगै तुलसी प्रभासलाई बिद्यावारिधी

    Bhawani AdhikariBy Bhawani AdhikariAugust 2, 2021Updated:August 2, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १८ साउन ।

    भोली पनि आए,
    गैरीजाँगर तरेर
    नफर्कनी गरेर ।।

    ए दाइ १ धन्नै आउनु भयो
    उकाली पाई सुसाउदै,
    गामका कुकुर भुकाउँदै ।।

    ढुङगी राखे चिनो
    स्याउली राखे कुइएला
    जाँ पुइएला पुइएला ।।

    सुन्दा भजन टुक्का झैं लाग्ने। छोटा छोटा भाकामा यस्तै खालका सवाल जवाफ गरेर दोहोरी गाइने गीत खेली हो। यसलाई रोइला पनि भनिन्छ। विगतका वर्षमा रोइला गीत परिचित थियो। तर, आजकल रोइला नै खेली हो भनेर अनुसन्धानले पुष्टि गरेको अनुसन्धानकर्ता दावी गर्छन्।

    यो गीत विशेषगरी तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्र अर्थात् अहिले गण्डकी प्रदेश, खेली गीतको उदगम थलो मानिन्छ। प्रायजसोः ब्राह्मण र क्षेत्री जातीले धर्मकर्म, पूजापाठमा गाउने गर्थे। अन्य जातीले पनि रोधी बस्दा र घाँस दाउरा गर्दा समेत खेली गाउने प्रचलन थियो। तर, अहिले यी गीत कमै सुनिन्छन्।

    बाह्रमासे गीतका रुपमा खेलीलाई लिइन्छ। खेली गीत रोइला, चुट्का पनि हुन। हाँस्दै खेल्दै रमाइलो गर्दै गाइने भएकाले खेली भनिएको भन्नुभहुन्छ लोक संस्कृतिका अनुसन्धानमा क्रियाशिल तुलसी प्रभास।

    पछिल्ला दिनमा खेली कमै गाउन थालिएको छ। पुराना पुस्ता हराउँदै गए। नयाँ पुस्तामा चासो देखिदैन। केही वर्षअघि सामान्य पूजाआजा र सामूहिक भेटघाटपछि गाएर मनोरञ्जन लिने खेली गीत अहिले सुन्न छाडेका छन्। विशेष परिस्थितिमा मात्र गाउने चलन बनेको छ। पहिला जस्तो सहजै सुन्न पाइदैन आजकल। लोप हुने अवस्थामा पुगेको खेली।

    लोकसंस्कृति खेलीसँगै आँधीखोले सभ्यता जोडिएको छ। खासगरी बाजाका रुपमा मुजुरा, खैँजडी, मादल बजाउने गरिन्छ। मनोभावको गहिराइसम्म डुबेर गाइने हुँदा यी गीतमा प्रेम, करुणा, दया, भक्तिभाव भेटिन्छन्। न त गीतमा कृत्रिम पन देखिन्छन, न त गाउने, बजाउने, नाच्ने र सहभागीमा कृत्रिम श्रुंगार नै। गाउँले परिवेश र जमघटका बेला जे जस्तो अवस्थामा छ। त्यहीबाट सुरु गरिन्छन् यी गीतहरु भन्नुहुन्छ साहित्यकार तुलसी खनाल ‘प्रभास’।

    गाउँ गाउँमा पुगेर लोकसंस्कृतिको संरक्षणका लागि सहयोग, संरक्षण र सम्बद्र्धन गर्दे अनुसन्धानमा जुटेका स्याङजाका साहित्यकार प्रभासले नेपाली खेली गीत रस विधान विषयमा हालसालै विद्यावारिधी ९पिएचडी० गर्नुभयो।

    भीरकोट नगरपालिका ८ घर भएका प्रभास लोकसंस्कृती तर्फको खेली गीतमा विद्यावारिधी गर्ने जिल्लाकै पहिलो व्यक्ति हो । उहाले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधी गरेको जनाउनुभयाृ।

    लामो समयको खोजअनुसन्धान, मेहनतको निरन्तरता र अग्रजका सहयोगले सफलता पाएको उहाले सुनाउनुभयो। गण्डकी र लुम्बिनी प्रदेशका ९ जिल्लालाई अनुसन्धान क्षेत्र बनाएर उहाले अनुसन्धान गरेको जनाउनुभयो।

    स्याङजा, कास्की, पाल्पा, गुल्मी, पर्वत, अर्घाखाँची , रुपन्देही, कपिलवस्तु , नवलपरासी जिल्लामा पुगेर लोप हुन लागेको खेलीका बारेमा अनुसन्धान गरे। खेली गीतप्रेमीलाई प्रोत्साहित बनाए। अनुसन्धानकै बेला ३६ ठाउँमा पुगेर १ हजार ३२ वटा टुक्का संग्रह गरेर सुरक्षित राखेको उहाका भनाइ छन्।

    यसका साथै उहाले ६० भन्दाबढी जातजातीका जातीय संस्कार बारेमा अनुसन्धान गरेको दावी गरे। गण्डकी प्रदेशमा ८० भन्दा बढी जातजाती बस्ने भनिएता पनि यहाँ मुख्यतः बस्ने ६० जातजाती भएको उहाको भनाइ छ।

    खेली गीतलाई रोइला भन्ने गरेकोमा प्रभासले आपत्ति राख्छन्। उनी भन्छन्, ‘रोइला भनेर गाउने गीत रोदनयुक्त हुन्छ भने खेलीमा हाँसीखेली गाइन्छ। अब, खेली भन्नेगरी अनुसन्धानबाट पुष्टि भइसकेको छ।’

    छोटा भाकामा टुक्का, लोकभजन, गीतहरु जुनसुकै समय र तिथीमा गाउन सकिन्छ। स्याङजा जिल्ला नै उदगम थलो हो। आँधीखोला र यस जिल्लाका आसपासका पैयु, गुल्मी, कास्की जिल्ला लगायत वपपरका जिल्लामा पनि खेली गाउने प्रचलन छ।

    मानव सभ्यतासँगै खेली गीतको प्रारम्भ भएको भन्ने भनाइ छ। इतिहास भेटिदैन। जब मानिसले बसोवास, घरजम र खेती गर्न थाले तबदेखि खेली गाउन थालेको भन्ने बढापाकाको भनाइ छ।

    जनजीब्रोले पचाइसकेको लोकप्रिय र रमाइलो गर्दै हाँस्दै खेल्दै गाउने गीत नै खेली हो। सबै नेपालीका मन मनमा बसेको लोकसंस्कृतीलाई जीवन्त राख्न र आउँदा पुस्तालाई जस्ताकोत्यस्तै हस्तान्तरण गर्न हामी सबैको दायित्व रहेको डा. तुलसी प्रभास भन्नुहुन्छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    सडक बालकको संघर्ष र जुत्ताको जीवनकथाका आधारित लघुचलचित्र ‘पाउलो’

    January 5, 2024

    डा.मेघराजद्धारा लिखित ‘सम्झनाका स्वरहरु’ बिमोचन

    July 29, 2023

    पृथक पाइला नामक कृति लोर्कापण

    April 8, 2023

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्षमा राजन कार्की निर्वाचित

    February 1, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025

    आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा

    November 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.