Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 25
    Trending
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    • आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा
    • एआई—एक्सरेद्धारा क्षयरोग खोजपड्ताल शिविरमा पुतलीबजारका २०८ जना लाभान्वित
    • पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला बितरण सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » खेलाडी शान्तालाई दुई लाख ५९ हजार सहयोग
    खेलकुद

    खेलाडी शान्तालाई दुई लाख ५९ हजार सहयोग

    Syangja SandeshBy Syangja SandeshAugust 13, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    तोलाकान्त बगाले

    वालिङ, २९ साउन ।

    आर्थिक अवस्था कमजोर भएकी फुटबल खेलाडी शान्ता नेपालीलाई आर्थिक सहयोग गरिएको छ । नेप्लेज मिडियाको पहलमा स्वदेश तथा विदेशमा रहेका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुको सहयोगमा संकलित रु. दुई लाख ५९ हजार आज शान्ता नेपालीलाई हस्तान्तरण गरिएको हो ।

    वालिङ नगरपालिका वडा नं. ८ मा डेरामा बस्दै आएकी शान्ताको जग्गा जमिन नभएको र परिवारको आर्थिक स्थिति कमजोर भएपछि नेप्लेज मिडियाको पहलमा संकलन गरिएको रकम वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको हो ।

    घरबारबिहीन शान्ताको परिवारलाई वालिङ नगरपालिकाले घर निर्माणका लागि करीब पाँच आना घडेरी खरिद गरिसकेको नगर प्रमुख खाँणले बताउनुभयो ।

    “खेल क्षेत्रमा गरिएको खर्च खर्च नभई लगानी हो” प्रमुख खाँणले भन्नुभयो, “यसले तत्कालभन्दा पनि केही समयपछि मात्रै उपलब्धी दिने गर्छ ।”

    खेलाडी तथा खेलाडीको परिवारका लागि आवश्यक सहयोग गर्न नगरपालिका सदैब तत्पर रहेको बताउनुहुँदै नगर प्रमुख खाँणले खेलाडीहरुलाई जीवनयापनका लागि रोजगारीको अवसर र एकलाख सम्मको निशुल्क स्वास्थ्य बीमाको ब्यवस्थापन गरिदिने उल्लेख गर्नुभयो ।

    “नगरपालिकाबाट खेल क्षेत्र तथा खेलाडीहरुको क्षमता विकास तथा आवश्यक सहयोगका लागि पटक पटक रकम विनियोजन ग¥यौं” नगर प्रमुख खाँणले भन्नुभयो, “तर नगरले विनियोजन गरेको रकम खर्च हुन नसक्नु दुःखद हो ।”

    कार्यक्रममा नेप्लेजका मुक्तिबाबु रेग्मीले विभिन्न संस्था तथा ब्यक्तिहरुबाट सहयोग प्राप्त भएको बताउँदै सहयोग गर्ने दाताहरुप्रति आभार ब्यक्त गर्नुभयो ।

    सोही अवसरमा स्कूल अफ डेमोक्रेसी स्याङ्जाका अध्यक्ष अनुप श्रेष्ठ, ट्रिनिटी क्लबका अध्यक्ष राजु गुरुङ, खेलाडीहरु अभिषेक बस्याल र दिपसन परियार लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    आर्थिक अभावका कारण ज्याला मजदूरी गर्नुपर्ने बाध्यताका कारण दैनिक फुटबल प्रशिक्षणमा सहभागी हुन समस्या भईरहेको प्रशिक्षक दिलीप थापाले बताउनुभयो । शान्ता फुटबल खेलप्रति अत्यन्तै रुचि राख्ने खेलाडी र राम्रो खेल खेल्दै आईरहेको तर घरायसी समस्याले खेल क्षेत्रबाट उदाउँदो खेलाड गुमाउन नपरोस् भन्ने उद्देश्यले नगर प्रमुखसमक्ष गरेको अनुरोधको सुनुवाई भएको प्रशिक्षक थापाले बताउनुभयो ।

    “मलाई खेल खेल्न र अझै प्रशिक्षण लिएर राष्ट्रिय टिमबाट खेल प्रदर्शन गर्न ईच्छा छ” खेलाडी शान्ताले भन्नुभयो, “आगामी दिनमा अझै जिम्मेवारी थपिएर गएको छ र मेरो सपनालाई एकदिन पक्कै पनि साकार पारेर छोड्ने छु ।”

    नगरपालिकाले घर निर्माणका लागि जग्गा उपलब्ध गराईदिएको खबरले निक्कै खुशी लागेको छ अब खेलमा अझै समय दिन सक्ने छु र वालिङसँगै नेपालकै गरिमालाई उचाईमा पु¥याउने गरी लाग्नेमा शान्ता विश्वस्त हुनुहुन्छ ।

    घरबारबिहीन भएकी शान्ता महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिकाको टिमबाट प्रतियोगितामा सहभागी अग्रपंक्तिकी खेलाडी हुन् । विभिन्न राष्ट्रिय लिगमा उत्कृष्ट खेल प्रस्तुत गर्दै आउनु भएका शान्ता राम्रो खेलाडीमा गनिनुहुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    स्याङ्जाका दिदीभाईले जिते स्वर्ण र रजत, न्युजेनका खेलाडीलाई ४ स्वर्ण सहित ७पदक

    August 13, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.