Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » खुले स्याङ्जाका प्रसिद्ध शक्तिपीठहरु
    बिबिध

    खुले स्याङ्जाका प्रसिद्ध शक्तिपीठहरु

    Syangja SandeshBy Syangja SandeshSeptember 26, 2021Updated:September 28, 2021No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० असोज । कोरोना संक्रमण दरघटेसंगै बन्द गरिएका मन्दिरहरु खुलेका छन्। जिल्ला सुरक्षा समितिको बैठकले स्मार्ट लकडाउन गरेसँगै यहाँका मुख्य शक्तिपीठ खुलेका हुन् ।
    कोरोनाका कारण बन्द गर्नुपरेको सूचना सार्वजनिक गर्ने मन्दिर ब्यवस्थापन समितिले मन्दिर खुला भएका जानकारी गराएका छन्।
    दोश्रो चरणको कोरोना संक्रमण बढेसंगै वैशाखको अन्तिम सातादेखि बन्द गरिएका मन्दिरहरु असोज लागेसँगै खुलाउन थालिएको हो। यहाँका सबै मन्दिरमा नित्यपुजा बाहेक अन्य बन्दै थिए।
    पुतलीबजार नगरपालिका १४ स्थित चण्डीकालिका, भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङ्दी मन्दिर, वालिङ् नगरपालिका ८ स्थित गह्रौंसुर मन्दिर र वडा नं. १२ स्थित अकलादेवी मन्दिर, कालीगण्डकी गाउँपालिका ३ स्थित आलमदेवी यहाँका प्रख्यात शक्तिपीठ हुन।
    आलमदेवी मन्दिर
    मुलुकका उत्कृष्ट १ सय गन्तब्यमा सूचीकृत आलमदेवी मन्दिर शाह बंशीय राजाका कुलदेवता हुन। बर्षेनी वडा दशैंका नवदुर्गा अवधिमा शाहबंशीय राजपरिवारले यहाँ आएर पुजाआजा गर्ने गर्दथे। तर, केही बर्षयता राजपरिवारले नियमित पुजा गरेका छैंन।
    वेगमाता वेगेश्वरी कुलदेवी अलप भएको र पवित्रताका लागि अलप भएको ठाउँदेखि करीब एक हजार मिटरभित्रबाट सुरुङ हुँदै कालीगङ्गाको जल र शालिग्रामको पवित्रता प्राप्त गरी पुनः सोही मार्गबाट भीमसेन पातीको फेदमा आएर बसेको किंवदन्ती छ।
    भीमसेन पातीको रुखबाट अलप भएकाले वेगमाता वेगेश्वरीलाई अलप देवीबाट अपभ्रंश भई आलमदेवी भन्न पुगेको धार्मिक कथन हो। आलमदेवीलाई वैद्धिक विधिअनुसार अष्टमात्रिकाका रुपमा जागरण गराइएकाले सबै मानवलाई आफ्नै सन्तानसरह माया र आर्शिवाद दिने र अष्ट सिद्धिमध्येका ‘प्राकाम्य’ अनुष्ठान भएकाले दर्शनार्थीलाई निरोगी, भाकल एवम् इच्छाइएको वरदान माग्दा पुग्ने विश्वास छ। जसले गर्दा यहाँ आउने दर्शनार्थीको अत्यन्त भिड हुन्छ। मन्दिरको आयआर्जन पनि निकै राम्रो छ।


    सतौँकोटस्थित चण्डी र कालिका
    पुतलीबजार–१४ सतौँकोटस्थित चण्डी र कालिका मन्दिर पनि खुला गरिएको छ। दुबै मन्दिरका देवीलाई सतौँकोटे राजाको इष्टदेवीकारुपमा पुजिन्छ। विभिन्न भाग तथा छिमेकी देश भारतबाट पनि वर्षेनी श्रद्धालु भक्तजन आउने गर्छन्।
    सतौचण्डीस्थान चण्डीदेवी, कालिकादेवी र पशुपतिनाथद्धारा रक्षित छन। यहाँ ३ वटै भगवानको एकसाथ पुजाआजा गर्न सकिन्छ। यहाँ सतौंकोटे राजाको दरबार र कोटघर छन्। यि ऐतिहासिक धरोहर सहितको क्षेत्र हो। कोटघरको पुननिर्माण गर्दै संरक्षण गरिएकोे छ भने दरबारको भग्नावशेष भने अझै केही देख्न पाईन्छ।
    जिल्लाकै प्रसिद्ध सतौँ चण्डीकालिका धार्मिक दृष्ट्रिकोणले अति शक्तिशाली मानिन्छन। भाकल पुरा हुने बताउदै टाढा टाढादेखि सतौंकालिको दर्शन गर्न आउनेको भीड पनि उत्तिकै हुन्छ। सतौँ चण्डीको पूजा आराधनाले सुख, शान्ति, समृद्धि र मनोकांक्षा पुरा हुने विश्वास रहीआएको छ।


    गह्रौँसुर मन्दिर
    करिब ५ सय ५० वर्ष पुरानो गह्रोैंसुर मन्दिर झण्डै ६ महिनादेखि बन्द थियो। अहिले खुलेको छ। दर्शनार्थीको भीड बढेको छ। सुन्दर शान्त वातावरणमा मन्दिर परिसर छ। तत्कालित बाईसी चौबिसि राज्य अन्र्तगतको गह्रौँकोट राज्यका पहिला राजा दशरथ खांणको समयमा स्थापित भएको किम्बदन्ती छ।
    गह्रौँसुरदेवीलाई भाकल गर्दा सबै प्रकारका मनोकांक्षा पुरा हुने विश्वासका कारण भक्तजनहरु देवीको दर्शन तथा पुजापाठका लागी यहाँ आउने गर्छन। मन्दिर निकै आर्कषित छ। सुनको गजुर, ताम्र छादन छ।
    ऐतिहासिक तथा धार्मिक महत्वका साथै पर्यटकीय स्थलको रुपमा समेत विकास भईरहेको गह्रौँसुर १ हजार ५ सय ९६ मिटर उचाईमा छ। ८ सय हेक्टर क्षेत्रफलमा फैलिएको मन्दिरबाट विभिन्न हिमश्रृङखला, कालीगण्डकी नदी हेर्न सकिन्छ भने मन्दिरको चार सय मिटर तल स्वार्गाश्रम गौशाला, गह्रौँकालिका होमिस्टे, घ्वाङखोला पर्यटकीय स्थलहरु समेत छन्।


    अकलादेवी मन्दिर
    वालिङ् नगरपालिका १२ शिर्शेकोट स्थित अकलादेवी मन्दिर पनि असोज महिना सुरु भएसंगै खुलेको छ।
    अकलादेवीको भाकलपछि मनोकामना पुरा हुन्छ भन्ने भनाई छ। बन्न नसकेका काम पुरा होउन भन्दै अकलादेवीलाई भाकलगरेपछि पुरा हुने र पछि भाकल पुजा गर्न मन्दिरमा जानेको संख्या उल्लेख्य भेटिन्छन्।
    अकलादेवी मन्दिरमा तीन वटा शिलामूर्ति राखिएका छन्। ती तीनवटै शिलाका मूर्तिलाई तीन कन्या पनि भन्ने गरिन्छ। तीन कन्या अकलादेवीलाई शक्तिशाली देवीका रुपमा पुज्ने गरिन्छ।
    प्रश्रव पीडामा छट्पटाइरहेकी देवी यसस्थानमा आउदा बिहान भएको र भाले बासेपछि देवीले प्रसुती हुन नसकेको भन्ने धार्मिक किंम्बदन्ती छ। देवी प्रसूती हुन नसकेको जनाउदै यसदेवीको नाम अकलादेवी रहन गएको स्थानीय बूढापाकाको भनाई छन्। मन्दिरमा प्रसुती अवस्थामा जस्तो देखिने मूर्ति पनि राखिएका छन।

    छाङ्छाङदीस्थित छायाँक्षेत्र
    भीरकोट नगरपालिका–४ छाङ्छाङदीस्थित छायाँक्षेत्र मन्दिर पनि दर्शनार्थीका लागि खुला गरिएको छ। यसअघि यहाँ पनि नित्य पूजामात्रै हुन्थ्यो। सिद्धार्थ राजमार्गसंगै रहेको मन्दिरमा सबैजना पुजाका लागि जान सक्छन्। बृद्ध, जेष्ठ नागरिक र बालबालिका पनि सजिलै मन्दिरमा जानसक्छन्।
    धार्मिक कथन अनुसार अग्नीकुण्डमा हामफालेपछि महादेवीले सत्यदेवीको मृत शरिर बोकेर हिड्दा शरिरको अन्तिम शेष यहीआएर झरेर पतन भएको भन्ने भनाई छ। मन्दिरमा पुजाआजाका लागि मात्र नभई छाङ्छाङ्दी पर्यटकीय स्थल पनि हो।
    पहाडीभित्तामा अडिएको मन्दिरमाथिको चट्टानै चट्टानभित्रबाट छङ्छङ् गर्दे नियमितरुपमा एकैनासबाट पानी बगेकी छन्। बर्षात होस् या हिउद यहाँ सधैभरी पानी बगिरहन्छ। सोही झरना झैं बगेकी पवित्र जलको स्नान गर्दै पुजाआजा गरिन्छ। मन्दिरलाई धार्मिक पर्यटनसंग जोड्ने अभियानसंगै मन्दिर ब्यवस्थापन समितिले गुरुयोजना बनाई निकै आर्कषण सहितका संरचना तयार पारेकोछ।
    जिल्लामा स्मार्ट लकडाउनसंगै स्वास्थ्य मापदण्ड पुरागरी पुजाआजाका लागि मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठले जानकारी दिनुभयो ।
    असोज लागेसंगै नजिकिदै गरेका हिन्दुहरुका महान पर्व दशै, तिहार, छट लगायतका पर्वलाई लक्षित गर्दे मन्दिर ब्यवस्थापन समितिले सफासुग्घर, खानेपानी, बाटोघाटो लगायतको सुबिधाको प्रवन्ध मिलाएका छन्।
    दशैं तिहारको पुजाआजाबाट मात्रै यि शक्तिपीठहरुबाट लाखौं रुपैंया बराबरका भेटी संकलन हुन्छ। ६ महिनापछि मन्दिरमै पुगेर भाकल सहितको पुजा गर्न पाएको भन्दै खुशी हुन्छिन् पुतलीबजार नगरपालिका ३ का माया शर्मा।
    यि लगायत अन्य थुप्रै शक्तिपीठहरु पनि खुल्ने क्रम जारी छ। असोज संक्रान्तीसंगै खुलेका मन्दिरमा अहिले सोह्र श्राद्ध परेकाले शक्तिपीठहरुमा पुजाआज रोकिएका छन।
    श्राद्ध सकिएसंगै नवदुर्गादेखि मन्दिरमा पुजाआजा र चलहपहल बढ्नेछन्। आधा बर्षजसो सुनसान भएका शक्तिपीठहरुमा पुजाआजा र घंण्टीका आवाजले वातावरणलाई पुनः गुञ्जाएमान बनाउनेछ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सागर बाबुको “जिन्दगीको रीत“ गीतगजल संग्रह बिमोचन

    December 24, 2022

    मानवअधिकार तथा शान्ति समाजको स्थापना दिवसका अवसरमा स्याङ्जामा अन्तरक्रिया

    June 3, 2022

    भूगर्भविदद्धारा गडहरे गुफाको अध्ययन अवलोकन

    September 20, 2021

    हरियाली उद्यान र टावरमा बढ्दो आकर्षण

    September 18, 2021

    मदन पुरस्कारका लागि ९ वटा पुस्तक छानिए

    July 30, 2021

    १०४ वर्ष पहिल्यै थियो नेपालमा सुरुङमार्ग

    July 30, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.