Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 16
    Trending
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    • पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
    • स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
    • फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कोभिडबाट मृत्यु भएका परिवारलाई वालिङको २५ हजार सहयोग
    वालिङ् नगरपालिका

    कोभिडबाट मृत्यु भएका परिवारलाई वालिङको २५ हजार सहयोग

    Syangja SandeshBy Syangja SandeshJanuary 17, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ३ माघ । वालिङ नगरपालिकाले कोभिड १९ का कारण ज्यान गुमाएकाको परिवारलाई रु. २५ हजार उपलब्ध गराएको छ ।

    नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार रु. २५ हजार उपलब्ध गराउँदै आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    कोभिड १९ का कारण परिवारको सदस्य गुमाएर दुःखमा पर्नुभएका वालिङका नागरिकलाई नगरपालिकाकोतर्फबाट राहतकासाथै काजकिरिया गर्नमा सघाउ पु¥याउने उद्देश्यसहित प्रतिपरिवार रु. २५ हजार उपलब्ध गराईएको प्रमुख खाँणले बताउनुभयो ।

    “कोभिड १९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका बेला अभिभावककोरुपमा रहेको नगरपालिकाको तर्फबाट तत्कालकालागि राहत र काजकिरियाकालागि रकम उपलब्ध गराउँछौं” प्रमुख खाँणको भनाई थियो ।

    नगरपालिकाले बनाएको विपद ब्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लाई आधार मानेर कार्यपालिका बैठकबाट निर्णय गरी राहतस्वरुप उपलब्ध गराईएको प्रमुख खाँणले जानकारी दिनुभयो ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरपालिकाको विपद ब्यवस्थापन कोष तथा कोरोना भाईरस कोषमा जम्मा भएको रकमलाई एकीकृत गरी नगरपालिकाको विपद कोषमार्फत खर्च गर्नकालागि विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन, २०७५ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी वालिङ नगरपालिकाको विपद ब्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।

    “चालु आर्थिक वर्षको शुरुआतबाट राहत र काजकिरियाकालागि रु. २५ हजार उपलब्ध गराउन शुरु गरेका हौं” प्रप्रअ भट्टराईले भन्नुभयो, “पुसको १५ सम्ममा ४९ जनाले लगिसक्नुभएको छ भने अब प्रक्रियामा ६० भन्दा धेरै हुनुहुन्छ, अझै निवेदन आईरहेकाले संख्या बढ्ने देखिन्छ ।”

    नगरपालिकाले गत पुस १५ सम्ममा ४९ जनालाई राहत र काजकिरियाबापत रु. १२ लाख २५ हजार उपलब्ध गराईसकेको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताउनुभयो ।

    भुक्तानी दावी गर्नकालागि कोभिड १९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्युदर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिएपछि मृतकको परिवारभित्रको सदस्यलाई रकम उपलब्ध गराईने तिवारीले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025

    स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण

    May 4, 2025

    बोलेर भन्दा काम गरेर नतिजा देखाउन उपप्रधानमन्त्री श्रेष्ठको सुझाव

    April 30, 2025

    वालिङ साना शहरी खानेपानी संस्थाको अध्यक्षमा पुनः विद्या श्रेष्ठ निवार्चित

    April 25, 2025

    व्यवहार परिवर्तनका लागि महिलालाई ‘हेफर आधारशिला’

    April 24, 2025

    बाख्रा बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ

    April 23, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.