Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 14
    Trending
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    • शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
    • लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
    • खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
    • कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालीगण्डकी गाउँपालिकाले फूलायो सयपत्री
    कालिगण्डकी गाउँपालिका

    कालीगण्डकी गाउँपालिकाले फूलायो सयपत्री

    Syangja SandeshBy Syangja SandeshOctober 24, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ७ कात्तिक । कालीगण्डकी गाउँपालिका अहिले सयपत्रीमय बनेको छ। जिल्लामै पहिलो पटक यो गाउँपालिकाले ठूलो मात्रामा फूल खेतीको शुभारम्भ गरेको हो। सयपत्री फुलेर ढकमक्क भएपछि गाउँ नै सुन्दर देखिएको छ।

    गाउँघरमा सयपत्रीको बासना छाएको छ। तिहारको झल्को बढाएको छ। बर्सेनि हजारौं रुपैयाँका माला खरिद गर्ने गाउँलेले यस वर्ष भने आफैंले फुलाएको फूल उपयोग गर्ने भएका छन्। गाउँपालिकाले फूलमा आत्मनिर्भरसहित आयआर्जन गर्न सिकाउने उदेश्यले सयपत्री रोपण सुरु गरेको जनाएको छ। कालीगण्डकी गाउँपालिका ७ स्थित लालीगुराँस होमस्टेलाई फूलैफूलको घरवास बनाउने उदेश्यले नमूना बारीचौरमा ५ रोपनीमा व्यवसायिक फूलखेती गरिएको हो।

    यसैगरी, वडा न। ४ स्थित ड्रागन खेतीभित्र १५ रोपनी क्षेत्रफलमा फूलखेती गरिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो। उहाले भन्नुभयो , ‘गाउँपालिकाले असार महिनामा २० रोपनी क्षेत्रफलमा १३ हजारभन्दा बढी सयपत्री फूलका बिरुवा रोपेको हो।’

    फूलखेतीमा स्थानीयलाई जागरुक बनाउने लक्ष्य भएको उनले सुनाए। सबैले आ(आफनै पालिकामा यसरी नै फूलखेती गरी फूलमालाका नाउँमा बर्सेनि लाखौं रुपैयाँ विदेश निर्यात गर्ने काम अब रोकिनुपर्छ। सीप र जाँगर भराउन पालिकाले सहयोग गरे त्यो सम्भव छ।

    सयपत्री फूलबाट कम समयमा राम्रो आम्दानी लिन सकिन्छ। सयपत्री सबैका लागि अत्यावश्यक फूल हो। विभिन्न चाडपर्व, पूजाआजा, कर्मकाण्ड र विवाहमा पनि सयपत्रीको अत्याधिक माग बढी हुने भएकाले यसतर्फ पालिकाले चासो बढाएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलको भनाई छ ।

    गत वर्षसम्म खाली र उपयोगबिहीन जग्गा अहिले फूलले रंगीन बनेको छ। व्यवसायीकतर्फ ध्यान खिचेको छ। फूलरोपणसम्बन्धी ज्ञान पाएका छन्। बेरोजगार युवालाई आयआर्जन र होमस्टेका लागि प्रयोग हुने फूल उत्पादन गर्न सहज बनेको छ।

    चिसो हावापानी र घमाइलो ठाउँ भएकाले फूलखेती निकै राम्रो भएको छ। प्रति बोटबाट सामान्यतयाः २ वटा माला बन्ने फूल फुलेका जुनकुमारी थापा भन्न्नुहुन्छ। पालिकाले सिकाएको फूल रोपणखेतीबाट निकै खुशी भएको र आउदो वर्ष आफूले पनि खेती गर्ने इच्छा जागेको थापाको भनाइ छ।

    सयपत्री फूलेर पहेलै भएपछि स्थानीयबासीले फूल टिपेर माला गास्ने काम गरिरहेका छन्। यहाँ उत्पादित फूल र माला बुटवल, काठमाडौं, पोखरा र स्थानीय बजारमा बिक्री गरिने कृषि प्राविधिक गम्बरसिंह थापा भन्नुहुन्छ ।

    पालिकाले कर्मा ५५५ जातको सयपत्रीको बीउ ल्याएर जमाएर रोपेको जनायो। करिब ४ लाखको लगानीमा गरिएको सयपत्रीबाट २० देखि २५ लाखसम्म आम्दानी हुने पालिकाको अनुमान रहेको अधिकृत पौडेलले बताउनुभयो।

    सयपत्री फूलको बहुउपयोग हुन्छ। फूलले त्याग र माया दर्शाउँछ। सौन्दर्य प्रशाधनका रुपमा पनि प्रयोग गरिन्छ। सेवनले विभिन्न प्रकारका स्वास्थ्य लाभ लिन सकिन्छ भने यसको लेपनले छालासम्बन्धी रोगबाट बचाउछ भन्ने मान्यता छ। असोजदेखि टिप्न सुरु गरिएको फूल मंसिर महिनासम्म राख्न सकिन्छ। गाउँपालिकाले सुरुवात गरेको फूलखेती आउदो वर्ष ज्ञान, सीपसहित स्थानीयलाई नै हस्तान्तरण गर्ने जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कुलदेवताको पुजा गर्न पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जाको आलमदेवीमा

    February 25, 2025

    मिर्मिमा टयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते एक सकुशल

    December 25, 2024

    सरकारका प्रवक्ता गुरुङ्द्धारा कालीगण्डकीमा खेलकूद महोत्सव उदघाटन

    November 29, 2024

    विकासका लागि तिनवटै तहको समवन्य गर्न जरुरी छ — मन्त्री तिवारी

    November 9, 2023

    फर्मभित्रै पसेर चितुवाले मा¥यो २ सय वटा कालिज

    October 2, 2023

    सोह्रौँ पुस्तकालय दिवस भव्यरुपमा सम्पन्न

    September 1, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.