काठमाडौँ १ भदौ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उहाहरू मंगलबार बिहान बजे त्रिभुवन विमानस्थल झर्नुभएको हो । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएको थियो ।
तीमध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल आइपुगेको एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले बताउनुभयो । गुरुङकै कम्पनीले यी सुरक्षागार्डलाई अमेरिकी दूतावासमा काम गर्ने गरी अफगानिस्तान पठाएको थियो । उहाहरूलाई दोहाबाट कुवेतको अल–जजिरा विमानस्थल लगी त्यहाँबाट नेपाल ल्याइएको हो ।
दोहामा रहेका अन्य नेपाली सुरक्षागार्डलाई पनि क्रमश उद्धार गरेर ल्याउने तयारी रहेको गुरुङले जानकारी दिनुभयो ।