स्याङ्जा, ३० भदौ । जिल्ला जिल्लामा अहिले कांग्रेसको १४ औं महाधिवेशनको रन्को छ। स्याङ्जामा पनि वडागत अधिवेशन सम्पन्न भएका छन्। तोकिएकै मितिमा सौहार्दपूर्ण वातावरणमा अधिवेशन टुंङ्ग्एिको निर्वाचन सचिवालयले जनाएको छ।
स्याङ्जाका ११ पालिकाका ९७ वडाका नतिजा ३÷४ दिनभित्रै सार्वजनिक भए। ती मध्ये ६ वटा वडा सभापतिमा मात्र मतदान प्रक्रियाबाट टुङिगयो। अन्यमा भने सर्वसम्मत सभापति चयन भए। क्षेत्रीय प्रतिनिधि चयनमा भने सबै वडामा सहमतिमै चयन गरिए।
झण्डैं सयको हाराहारिमा भएको वडा अधिवेशनले एक जना मात्र महिला उम्मेदवार सर्वसम्मत चयन गरेको छ। फेदिखोला गाउँपालिका ५ मा माया पनेरु सर्वसम्मत सभापतिमा चयन हुनुभयो ।
तर, वालिङ् नगरपालिका ८ का सरस्वती बगाले मतदान प्रक्रियाबाटै पराजित भईन्। मतदान प्रक्रियामा गई निर्वाचनमा सहभागी हुने आँट गरेकी बगाले पराजित हुनुभयो ।
जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र समेत रहेको वडाको निर्वाचनलाई महत्वका साथ हेरियो। जिल्लाकै सबैभन्दा बढी क्रियाशिल सदस्य रहेको सो वडामा ५ जनाले सभापतिको दावी गरेका थिए। ती मध्ये उनी मात्र महिला हुनुहुन्थ्यो। २ जनाले उम्मेदवारी फिर्ता लिएपछि कमलप्रसाद सुवेदी र उहाबीच मतदान भएको थियो।
८ सय २ मतदाता रहेको वडामा ५ सय ६० मत खस्यो। ती मध्ये ३ सय ३४ मत ल्याएर सुवेदी सभापति बन्नुभयो ।
सिंगो जिल्लामा एक मात्र महिला उम्मेदवार मैदानमा उत्रदा महिलालाई साथ दिइएन। उनलाई अघि बढाउन कांग्रेसपंक्तिले चाहेन। त्यसमा पुरुषको मात्र हात छैन। महिला पनि उत्तीकै जिम्मेवार छन्।
महिला सहभागिताका चर्का कुरा उठाएर नथाक्ने स्वयं महिला र पुरुष दुबैको कमीकमजोरी हुन। उनीहरुमा स्वार्थ केन्द्रित राजनीति हावी देखिन्छन्। अब, पनि महिलाहरु पुरुषसंगै पद र सिट माग्ने अवस्थामा देखिनु लज्जास्पद कुरा हुन। मुलुक गणतन्त्रात्मक संघीय शासन कार्यान्वयनमा रहेका बेला महिला प्रतिको यतिधेर वेवास्तापन दुखद एवं गम्भीर त्रुटी हो।
अझै केही समयका लागि बिद्यानमै महिला आरक्षणको सुनिश्चिता हुनु जरुरी रहेको नेपाल महिला संघका केन्द्रिय उपसभापति सभापति सरस्वती अर्याल तिवारीको भनाई छ। कार्यवाहक सभापतिको जिम्मेवारी समेत पाएकी तिवारीले भन्नुभयो् ‘आरक्षणको सुनिश्चिता नभएसम्म महिला दिदीवहीनी अझै पनि राजनीतिमा आउन सक्दैनन्, पितृसत्तात्मक सोच अझै छ।’
हरेक आन्दोलनको अग्रपंक्तिमा उभिने महिला बर्गलाई वडादेखि नै छेकवार गरिने हो भने भोलीका दिन पनि त्यती सहज देखिदैन। जसका कारण राजनीतिमा महिलाको सहभागीमा अवश्य न्यून हुन्छ।
त्यसो त, नेपाल महिला संघ स्याङ्जा सभापति कल्पना तिवारी पनि महिला आरक्षणको आवश्यकता औल्याउछिन्। ‘महिला सहभागिता बिनाको राजनीति कुनै पनि राजनीतिक दलका लागि सहज बन्ने छैन। राजनीतिक पंक्तिले यस्ता कुरा बेलैमा सोच्न जरुरी छ’ उहाले भन्नुभयो ।
कांग्रेसको पछिल्लो सार्वजनिक तालिका अनुसार स्थानीय पालिकाको अधिवेशन असोज ९ गते, प्रदेशको १२ र दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १८ गते जिल्ला अधिवेशन हुने भएको छ।
वडामै न्यून उपस्थिती रहेको महिलाले यो समाचार तयार पार्दा (बुधवार दिउसो) सम्म स्याङ्जाका ११ पालिका (५ नगरपालिका र ६ वटा गाउँपालिका), ४ वटा प्रदेशसभा र जिल्ला सभापति र सचिव जस्ता महत्वपूर्ण पदमा अहिलेसम्म एक जना महिलाले पनि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन्।
महिला सहभागिताका कुरा भाषणमा मात्र सिमित भए। ब्यवहारतः लागु गरिदैनन्। समान सहभागिता आवश्यक ठानिदैन्न। महिला र पुरुष भनेका ‘एक रथका दुई पांग्रा हुन।ं’ एउटा पांग्रा बलियो हुदैंमा रथ गुड्न सक्दैन। त्यसैले दुबै पांग्रा बलियो बनाउन जरुरी अधिकांश कांग्रेस कार्यकर्ताका भनाई हुन।
अधिवशेनले युवा सहभागी भने बलियो बनाएको छ। वडा र क्षेत्रीय प्रतिनिधिमा अधिकांश युवाहरु नै निर्वाचित भएका छन्।
स्याङ्जामा १९ हजार ८ सय ३६ नेपाली कांग्रेसका क्रियासिल सदस्यले ९७ जना सभापति सहितको कार्यसमिति र २ हजार ४० जना क्षेत्रीय प्रतिनिधि चयन गरेका छन्।
Saturday, January 18
Trending
- गरिमा विकास बैंकको अध्यक्षमा दिलिपप्रताप खाँण
- वालिङ प्याथोलोजी तेस्रो बर्षमा,चार जिल्लाका नागरिकलाई सहज
- आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व मनाईदै
- मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको बिधेयक बारे सुझाव संकलन
- आजदेखि एक महिने स्वस्थानी व्रत शुरू
- प्याब्सन स्याङजाको अध्यक्षमा राजेन्द्र गोदार निर्वाचित
- निजी तथा सरकारी बिद्यालयबीच बिभेद नगरौं — उपाध्यक्ष अधिकारी
- चण्डीकालिका बचत तथा सहकारीको साधारणसभा सम्पन्न