स्याङ्जा ३ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्र्तगत शुक्रवार स्याङ्जाका ४ वटै प्रदेशका मतदान कार्य सम्पन्न भएको छ ।
निर्वाचन समितिका अनुसार ९६ पदका लागि १ सय ७२ जना अहिले चुनावी प्रतिष्पर्धामा छन् । तर, मनोनयन दर्ता गरेपछि ५ जना उम्मेदवारले फिर्ता लिएका थिए।
४ प्रदेशमा २ हजार २ सय ५९ मतदाता रहेका छन्। चार वटै पालिकामा दुई समुह बनाएर स्याङजा काँग्रेसमा चुनावी प्रतिष्पर्धामा छ। जिल्ला निर्वाचन अधिकृत रामचन्द्र गोैतम (आरसी) का अनुसार क्षेत्र नं. १ को प्रदेश (क) मा ५३६, (ख) मा ४९३, क्षेत्र नं. २ को (क) मा ६०० र (ख) मा ६३० मतदातागरी २ हजार २ सय ५९ जना मतदाता छन।
स्याङ्जा क्षेत्र नं. १ को (क) मा ४१, (ख) मा ३७ जनाले बिभिन्न पदमा उम्मेदवारी दिएका छन।
यसैगरी, क्षेत्र नं. २ को (क) मा ४९ र (ख) मा ४५ जना उम्मेदवारले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।
यस्तै, प्रदेश अधिवेसनमा ३ जना निर्वरोध निर्वाचित भएका छन् । स्याङजा क्षेत्र नं. १ को प्रदेश (ख) मा ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
आदीवासी जनजातीतर्फका प्रदेश प्रतिनिधि उम्मेदवार कुमबहादुर गुरुङ (बावु), र खसआर्यबाट प्रदेश प्रतिनिधिका उम्मेदवार कमल सापकोटा र राजकुमार खत्री निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
स्याङ्जा क्षेत्र नं १ ‘क’ अभियानपथमा भएको मतदानमा ५३३ मत र ‘ख’ को मतदानमा ४८९ मत खसेको छ ।
यसैगरी, क्षेत्र नं २ प्रदेश सभा ‘क’ को वालिङमा भएको मतदानमा ५९३ मत र १ ‘ख’ को गल्याङ केन्द्रमा ६१३ मत खसेको छ। योसंगै २ हजार २२८ मत खसेको जिल्ला निर्वाचन समितिले स्याङ्जाले जनाएको ।