स्याङ्जा । २३ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले काँग्रेसमा रुपान्तरणको खाँचो रहेको बताउनुभएको छ । नेपाली काँग्रेसलाई समय अनुसार परिवर्तन गर्न नसक्दा पार्टी कमजोर बन्दै जान थालेको उहाले बताउनुभयो । नेपाली काँग्रेसको १४ औं महाधिवेसनबाट निर्वाचित भीरकोट नगर कार्यसमितिको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेस नेता गुरुङ्ले पार्टीमा रुपान्तरणको खोजी गनुपर्ने अवस्था आएको बताउनुभयो । पार्टीमा निरन्तर लाग्ने व्याक्तिको पहिचान हुनु आवश्यक छ उहाले भन्नुभयोे,¥पाटीमा योगदान गर्ने नेताको खोजी हराउदा पार्टीले क्षेती व्यहोनुपरेको छ ।¦ पार्टीको संगठकहरुको मुल्याङ्कन हुनु जरुरी छ ।
पाटीमा निरन्तरता नदिने व्याक्तिहरु हराउदै जान्छन् भन्दै संविधान सभाका सदस्य समेत भएका गुरुङ्ले व्याक्तिहरु बदलिनुपर्ने धारणा व्यक्त गर्नुभयोे । पार्टीलाई बलियो बनाउन आफैबाट बदलिनुपर्ने बताउदै काँग्रेस नेता गुरुङ्ले नेताहरु नबदलिदा पार्टी समस्या आउने गरेको बताए । पार्टी भित्र र बाहिर भष्टञाचार मौलाउदै गएको उदाहरण दिदै नेता गुरुङ्ले ठुला ठुला भष्टञचारका काण्डहरु छानविनको दायरामा ल्याउनु पर्ने धारणा राख्नुभयो । पार्टीलाई गुटबन्दी भन्दा माथी राखेर अगाडी बढाउनु पर्ने धारणा राख्दै नेता गुरुङ्ले जसले गुटको राजनीति गर्छ त्यस्ता नेताहरुलाई बहिष्कार गर्नुपर्ने बताउनुभयो ।
काँग्रेसमा लागेका नेता तथा कार्यकर्ताले निरासाको भन्दा पनि आशााको दियो बालेर अगाडी बढ्नुपर्ने सुझाव गुरुङ्ले दिनुभयो । १४ औं महाधिवेसनको संघारमा काँग्रेस लागिरहेकाले पार्टीलाई बलियो र मुल्याङ्कन गर्न सक्ने नेतृत्व छनोट गर्न सबै क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो।
कार्यक्रममा कार्यबहाक सभापति बुद्धिबहादुर राना, पुर्व पाटी सभापति खगेन्द्रराज रेग्मी, महासमिति सदस्य छायाराम खनाल, महाधिवेसन प्रतिनिधि गोविन्द कुमार कर्मचार्य लगायतका बक्ताहरुले पार्टीको महाधिवेसन समयमै गर्न नेतृत्वलाई सुझाव दिनुभयो । नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिमा निर्वाचित सभापति यामप्रसाद अधिकारी(लक्ष्मण) लगायतको टिमलाई सभापति तोयनाथ अर्यालले पार्टीको सबै जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।
Saturday, December 13
Trending
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
- पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
- राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
- पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
- छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
- भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
- राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
