स्याङ्जा ९ असोज । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिवार (आज) स्याङ्जामा पनि गाउँ(नगर अधिवेशन हुदैछन्। जिल्लाका ११ पालिकामा अधिवेशन हुने भएको हो । स्याङ्जाका २ हजार २ सय ४७ जना क्षेत्रीय प्रतिनिधीले ५ नगरपालिका सहित ६ गाउँपालिकाले सभापति सहित पदाधिकारी र सदस्यहरु चयन गर्नेछन् ।
जिल्लाको अधिवेशनका लागि सम्पूर्ण तयारी पुराभई पक्रियामा गइसकेको जिल्ला निर्वाचत अधिकृत अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले जानकारी दिनुभयो ।
यसैगरी, काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि गाउँ(नगर अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
ती जिल्लामा दशैँ अघिसम्म पालिका अधिवेशन मात्र सम्पन्न हुनेछन् । हिमाली जिल्लामा भने पूर्वनिर्धारित कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।