Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कर्णाली प्रदेशको संक्षिप्त चिनारी
    प्रदेश

    कर्णाली प्रदेशको संक्षिप्त चिनारी

    Syangja SandeshBy Syangja SandeshMay 30, 2021Updated:July 15, 2021No Comments5 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    इतिहासलाई हेर्ने हो भने तुलनात्मक रुपमा कर्णाली एक शक्तिशाली र समृद्ध राज्य थियो । बार्हौ शताब्दीमा नागराजले पाल राज्य जितेपछि आफ्नो राजधानीको नाम शिंजा राखेका थिए । खस राजधानी शिंजा नेपाली भाषा संस्कृतिको उद्गमस्थलको रुपमा चिनिन्छ । यो राज्य ज्ञघ औं शताब्दीमा पूर्व गोर्खा, पश्चिम काश्मिरको लद्धाख, उत्तर भोटको गुगे र दक्षिणमा लखनउको गोमती नदीसम्म पुगेको थियो । कर्णाली नदी आसपास हुँदै चीनको गुगे, बराङ्गबाट हुम्ला, जुम्ला, दुल्लु, सुर्खेत हुँदै दक्षिणमा भारतसम्म आवतजावत हुने व्यापारिक रेशम मार्गले अर्थ वाणिज्य क्षेत्रमा ख्याती प्राप्त गरी समृद्धि हाँसिल गरेको थियो । बि।सं। ज्ञडद्धट मा जुम्ला राज्य नेपाल एकीकरणमा गाभिएपछि केन्द्रीय सत्ताबाट ओझेलमा पर्न गई कर्णाली क्षेत्र आर्थिक, सामाजिक रुपमा पछि परेको देखिन्छ ।

    खस राज्यको शिंजालाई आर्थिक तथा व्यापारिक केन्द्र र दुल्लुलाई प्रशासनिक केन्द्रका रुपमा विकास गरेको पाईन्छ । अहिलेको ठूला विकसित मूलुकहरुले आर्थिक तथा प्रशासनिक राजधानी छुट्टाछुट्टै शहरलाई कायम गर्ने मोडलको प्रयोग ११ औं शताव्दीमा कर्णालीमा भई सकेको थियो । यस्तै कर्णालीमा सामुहिक विकासको लामो परम्परा रहेको छ । सामुहिक पशुपालन, धर्म भकारी, नोरला, खिम्ति, पर्म, सामुहिक उत्पादन र व्यापार जस्ता आत्मनिर्भरतामूखि अभ्यासहरु यसका उदाहरणहरु हुन् । दुल्लुको प्राचिन कीर्तिस्तम्भ मध्ययुगीन नेपालको एक ऐतिहासिक प्रमाण हो ।

    नेपालमा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र विशेष कर्णाली प्रदेश स्थापनार्थका लागि भएको आन्दोलन पछि जारी भएको नेपालको संविधान 2072 पश्चात गठन भएका ७ वटा प्रदेश मध्ये कर्णाली प्रदेश एक हो । हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत गरी १० वटा जिल्लालाई समेटेर यो प्रदेश निर्माण भएको छ । सुर्खेत राजधानी भएको यस प्रदेशको सिमाना उत्तरमा मित्र राष्ट्र चीन, पश्चिममा सुदुर पश्चिम प्रदेश, दक्षिणमा प्रदेश नं। छ र पूर्वमा गण्डकी प्रदेश छ ।पहिलो हुने निर्वाचनबाट निर्वाचित २४ ‍जना, समानुपातिकबाट १६ जना गरी जम्मा ४० माननीय सदस्यहरू रहनु भएको छ । जसमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट २० जना, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट १३ जना, नेपाली कांग्रेसबाट ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना गरी जम्मा ४० जना माननीय सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।

    कर्णाली प्रदेश सभाका सभामुखमा माननीय श्री राजबहादुर शाही, उपसभामुखमा माननीय श्री पुष्पा घर्ती विष्ट, प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को संसदीय दलको नेतामा माननीय श्री महेन्द्रबहादुर शाही र प्रमुख सचेतकमा माननीय श्री सीताकुमारी नेपाली, प्रदेशसभामा प्रमुख विपक्षी दलमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को संसदीय दलको नेतामा माननीय श्री यामलाल कंडेल र प्रमुख सचेतकमा माननीय श्री गुलाबजंग शाह र प्रदेश सभामा प्रतिपक्ष दलमा नेपाली कांग्रेसका नेतामा माननीय श्री जीवनबहादुर शाही, सचेतकमा माननीय श्री हिमबहादुर शाही रहनु भएको छ ।


    कर्णाली प्रदेशको भौगोलिक अवस्थास्

    यस प्रदेशमा समुद्र सतहबाट सबैभन्दा होचो भू(भाग कर्णाली र भेरीको दोभान जामु कुइने ज्ञडण् मिटर उचाइमा रहेको छ भने सबैभन्दा उच्च भू(भाग डोल्पा जिल्लाको चुरेन हिमाल ठ,घद्धड मिटर उचाईमा रहेको छ । उत्तर दक्षिण 250 कि.मी. र पूर्व पश्चिम 265 कि.मी.सम्म फैलिएको यो प्रदेशमा विविध हावापानीका साथै धरातलीय तथा जैविक विविधता रहेको पाइन्छ ।

    कर्णाली प्रदेशको कूल क्षेत्रफल 6.39 प्रतिशत  वर्ग कि।मी। रहेको छ ।यो प्रदेश नेपालका ७ प्रदेश मध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रदेश हो । यो प्रदेशले मात्र नेपालको कूल भू(भागको द्दज्ञ।ट प्रतिशत जमिन ओगटेको छ ।त्यसैगरी यस प्रदेशको डोल्पा जिल्ला क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो जिल्ला हो । डोल्पा जिल्लाले ठ,डडढ वर्ग कि।मी। क्षेत्रफल ओगटेको छ । नेपालको सबै भन्दा ठूलो ताल रारा ताल र सबै भन्दा गहिरो ताल फोक्सुण्डो ताल पनि यसै प्रदेशमा अवस्थित छन् ।

    कर्णाली प्रदेशको सामाजिक अवस्थास्

    कर्णाली प्रदेशको युवा साक्षरता दर टट।ज्ञठ ९राष्ट्रिय दर डछ०, अपेक्षित आयु टट।ड ९राष्ट्रिय अपेक्षित आयु टढ।ठ०, मानव विकास सूचकाङ्क ण्।द्धद्दठ ९राष्ट्रिय सूचकाङ्क ण्।छठद्ध०, आर्थिक रुपले अति पछाडि परेकाको जनसङ्ख्याको प्रतिशत द्धद्ध।द्द ९राष्ट्रिय प्रतिशत द्दड।ड०, निरपेक्ष गरिवीको रेखामुनी रहेको जनसङ्ख्याको दर द्दड।ढ ९राष्ट्रिय दर ज्ञड।ठ०, आधारभूत खानेपानीको सुविधा पुगेको जनसंख्या दर टट।घ ९राष्ट्रिय दर डड० र बहुआयामिक गरिबीको दर छज्ञ।द्द ९राष्ट्रिय दर द्दड।ट० भएको पाइन्छ ।

    कर्णाली प्रदेशका १० जिल्ला मध्ये मानव विकास सूचकाङ्कमा सबैभदा राम्रो सुर्खेत ०. ४७६ छ भने सवैभन्दा पछाडि कालिकोट ०.३७४ रहेको छ । यसै गरी रुकुम पश्चिम जिल्लामा नवजात शिशुको मृयुदर प्रतिहजार २८.६७ रहेको छ भने डोपा जिल्लामा सवैभन्दा उच्च ७२.६६ रहेको छ । साक्षरता दरमा सुर्खेत ७४५ ले सबैभदा अगाडि छ भने कालिकोट ६३.६४५ ले सवैभन्दा पछाडी रहेको छ। यसै गरी सुर्खेत पछि सल्यान ६८.८०५ र दैलेख ६८.०३५ रहेको छ । सरदर आयुमा सल्यान ६८.८ ले सबैभदा अगाडि छ भने दोश्रोमा रुकुम पश्चिम ६८.३९ र तेस्रो स्थानमा ६८.०३ सहित दैलेख रहेको छ । साथै डोल्पा ६१.२ सरदर आयु सहित अन्तिम स्थानमा रहेको छ । शौचालय सुविधाको विषयमा ७१.२ ले सुर्खेत अग्रस्थानमा छ भने जुम्ला ६९.१ अंकले दोस्रो, डोल्पा तेस्रो ५०.५ र सल्यान २८.६ सवैभदा पछाडी परेको छ । आधारभूत खानेपानीको उपलब्धतामा जुम्ला ८०.६ सहित पहिलो स्थानमा छ भने दैलेख ५४.२ ले सवैभन्दा पछाडि परेको अवस्था छ ।

    कर्णाली प्रदेशको शैक्षिक अवस्थास्

    विद्यालयको शैक्षिक प्रगतीको सूचकहरुका आधारमा आधारभूत तहमा कूल भर्ना दर ९०. ७५ प्रतिशत छ भने सिकाइ उपलधी ४२. ५ प्रतिशत रहेको छ । यो तहमा शिक्षकक(विद्यार्थी अनुपात ५० रहेको छ । माध्यामिक तहमा भर्ना दर ५६ प्रतिशत छ भने अनुतिर्ण विद्यार्थी दर १० प्रतिशत देखिन्छ । यसैगर ३५ प्रतिशतले कक्षा दोहर्याउने र ६ प्रतिशतले कक्षा छाड्ने गरेको पाइन्छ । सिकाइ उपलब्धी ४२ प्रतिशत छ भने शिक्षक विद्यार्थी अनुपात ५८ रहेको छ । उच्च माध्यामिक विद्यालयमा कक्षा छाड्ने प्रतिशत ५. ७५ रहेको छ। साक्षरताको दृष्टिकोणबाट सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र दैलेख पूर्ण साक्षर जिल्लाभित्र पर्दछन्।

    कर्णाली प्रदेशको आर्थिक अवस्थास्

    कृषि, उद्योग र सेवा आर्थिक विकासका प्रमुख पक्ष हुन् ।कर्णाली प्रदेश हाल यी तीनै पक्षमा पछि परेतापनि विकासका दृष्टिकोणबाट प्रदेशमा ठूलो संभावना रहेको छ ।

    प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धी व्यवस्थास्

    नेपालको संविधानको बमोजिम प्रदेश प्रमुखले प्रदेश सभामुखको सिफारिसमा प्रदेश सचिव नियुक्त गर्ने र प्रदेश सभाको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्नका लागि एक सचिवालय रहने व्यवस्था रहेको छ । त्यस्तो सचिवालयको स्थापना र तत्सम्बन्धी अन्य व्यवस्थाका साथै प्रदेश सभा सचिवको योग्यता, काम, कर्तव्य, अधिकार तथा सेवाका अन्य शर्त प्रदेश कानून बमोजिम हुने व्यवस्था रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    संघिय नेपालको प्रशासनिक बिभाजन, नेपालका प्रदेशमा बिभाजन गरिएका जिल्लाहरु

    May 31, 2021

    सुदुरपश्चिम प्रदेशको संक्षिप्त परिचय

    May 31, 2021

    लुम्बिनी प्रदेशको संक्षिप्त परिचय

    May 30, 2021

    गण्डकी प्रदेशको संक्षिप्त जानकारी

    May 30, 2021

    बाग्मती प्रदेशको संक्षिप्त चिनारी

    May 30, 2021

    प्रदेश नं. २ को संक्षिप्त जानकारी

    May 30, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.