काठमाण्डौं ८ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताउनुभएको छ ।
अध्यक्ष नेपालले मंगलबार चन्द्रागिरिमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफूहरूलाई पार्टीबाट निष्काशन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताउनुभयो । ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो अन्तरिम विधान पारित गरेको छ । नेकपा एमालेबाट विभाजित भई दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको उक्त पार्टीको चन्द्रागिरी हिल्समा बसेको बैठकले अन्तरिम विधान र घोषणापत्र अनुमोदन गरेको छ ।