काठमाण्डौं ४ मंसिर । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज भएको खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सङ्कटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाड्नु परेको हो ।
र, आज भएको अर्को लिग फुटबलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई ३–० गोलले हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टारलाई जिताउन निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले गोल गर्नुभयो । च्यासलका लागि विकास मेराग्लियाले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै थ्री स्टारले तीन अङ्क जोडेको छ ।
Sunday, December 7
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
