स्याङजा २८ साउन । साउन २३ गतेदेखि भएको एसईईको पुरक ग्रेड वृद्धि परिक्षा स्याङ्जामा पनि जारी रहेको छ । पुरक ग्रेडबृद्धिका लागी स्याङजाबाट २ हजार १३२ जना परिक्षार्थी सहभागि हुँदैछन् ।
एसईईको गे्रडवृद्धिका लागी परिक्षा भएको र हालसम्म नियमितरुपमा परिक्षा संचालन भएको जिल्ला शिक्षा ईकाई कार्यालयका प्रमुख विश्वराज आचार्यले बताउनुभयो ।
परिक्षाकालागि जिल्लाभरलाई लक्षित गर्दै ६ वटा केन्द्रहरु तोकिएको छ । पुतलीबजार नगरपालिकामा ३ र वालिङमा ३ गरि ६ वटा परिक्षा केन्द्र तोकिएका छन । पुतलीबजारका त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालय, रोशनी मावि र स्याङ्जा माविमा र वालिङ नगरपालिकाका पूर्णामृत भवानी मावि, पायनियर्श मावि र भूतपूर्व सैनिक माविमा परिक्षा केन्द्र राखिएका छन् ।
स्याङ्जाबाट सबैभन्दा धेरै गणित विषयको गे्रड वृद्धिका लागी विद्यार्थीले परिक्षा दिँदैछन् । गणित विषयतर्फ १ हजार ४९० जना, विज्ञान विषयतर्फ १ हजार १९५, अंगे्रजी विषयतर्फ ७८० जना विद्यार्थीले परिक्षा दिने भएका हुन । परिक्षा साउन ३१ गतेसम्म संचालन हुनेछ ।