स्याङ्जा २५ पुस । नेकपा एमाले स्याङ्जाको नेतृत्व चयनका लागि सोमबार चुनाव हुने भएको छ । एमाले स्याङ्जाको अध्यक्षमा हालका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) र संघीय सांसद नारायणप्रसाद मरासिनी बीच २ समूहगत चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
गैह्रे समूहबाट उपाध्यक्षमा कृष्ण खाँण, सचिवमा राजेन्द्र डुम्रे तथा उपसचिवमा सन्तोष केसी र तारा शर्माले उमेद्वारी दर्ता गर्नुभएको छ ।
त्यस्तै मरासिनी समूहबाट उपाध्यक्षमा महेश पुरी, सचिवमा भूपराज अधिकारी तथा उपसचिवमा बिश्व पौडेल र जीवन पौडेलले उमेद्वारी दिनुभएको हो ।
नेतृत्व छान्नका लागि भोलि (सोमबार) विहान ८ बजेबाट मतदान गर्ने तयारी गरेको निर्वाचन समितिले जनाएको छ ।
एमाले सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज पद्मा कुमारी अर्याल निकटको तर्फबाट बर्तमान् अध्यक्ष समेत रहेका सूर्य प्रसाद गैह्रे समूह तथा केन्द्रीय सदस्य खगराज अधिकारी जिल्ला ईन्चार्ज सीता सुन्दास निकटको तर्फबाट नारायण मरासिनी समूह चुनाी प्रतिस्पर्धामा उत्रिएको हो ।
यसअघि कृष्ण खाँण र बर्तमान् सचिव सुधीरकुमार पौडेलले समेत अध्यक्षमा दावी गरेका थिए । उनीहरुले दावी छाडे पछि दुई जना बीच प्रतिस्पर्धा हुन लागेको हो ।
Wednesday, May 21
Trending
- जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
- नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
- अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
- गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
- महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
- बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न