Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एमालेले संसद अवरुद्ध गरिरहे अर्लि इलेक्सन हुन सक्छ — कांग्रेस नेता श्रेष्ठ
    पुतलीबजार नगरपालिका

    एमालेले संसद अवरुद्ध गरिरहे अर्लि इलेक्सन हुन सक्छ — कांग्रेस नेता श्रेष्ठ

    Syangja SandeshBy Syangja SandeshMarch 6, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले नेकपा एमालेको अवरोध कायमैरहे मुलुक अर्लि इलेक्सनमा पनि जान सक्ने संभावना औल्याउनु भएको छ ।
    नेपाली कांग्रेस स्याङ्जाद्धारा आइतवार सदरमुकाममा आयोजित अगुवा प्रशिक्षण कार्यक्रमममा बोल्दै श्रेष्ठले सर्वोच्चमा रहेका मुद्धालाई लिएर एमालेले संसदमा नारा लगाउने, वेल घेराउ गर्ने जस्ता कार्यले संसद चल्ने वातावरण नमिलेको बताउनु भएको हो ।
    पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले भने, ‘संसदमा नारा लगाउदै वेल घेरेर एमालेले बन्दी बनायो। यसरी नै संसद अवरुद्ध बनाउदै जाने हो भने स्थानीय तहको निर्वाचन पहिले संसदीय निर्वाचनकोे संभावना रहन्छ।’ तर, सो भने न्यून रहेको उहाले बताउनुभयो ।
    सरकारले स्थानीयतहको चुनाव बैशाख ३० गते गर्ने निर्णय गरेको छ। एमालेले बुद्धिमत्ता पूर्वक संसद चल्ने वातावरण बनाउनुपर्छ, नेता श्रेष्ठले भन्नुभयो, ‘सभामुख हटाउने पद्धती छुट्टै छ भने १४ जना संसदको निर्णय अदालतबाट हुनेछ।’
    नेपाली कांग्रेसको महाधिवेशनका तिक्तता बिर्सेर जिल्लाका अगुवा कार्यकर्तालाई आसन्न स्थानीयतहको निर्वाचनमा जुट्न नेता श्रेष्ठले सुझाव दिनुभयो । चुनावमा टिकट बितरणको अधिकार जिल्ला र क्षेत्रलाई नै दिएको बताउदै उनले केन्द्रको हस्तक्षेप नरहने बताउनुभयो ।

    श्रेष्ठले नजिकिदै आसन्न स्थानीय तहको निर्वाचनमा जुट्न सबै नेता तथा कार्यकर्तालाई सुझाव दिनुभएको छ । पार्टीका आन्तरिक महाधिवेशनको तिक्तता बिर्सेर निर्वाचनको अभियानमा जुट्न उहाकोे आग्रह थियो । नेपाली काङ्ग्रेस स्याङ्जा जिल्ला कार्यसमितीद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा अन्तक्रिया कार्यक्रमलाई शनिवार यहाँ सम्बोधन गर्दै उहाले कांग्रेसले हारेमा मुलुकले नै हार्ने बताउनुभयो । उहाले भन्नुभयोे, ‘मुलुकका बिद्यमान हरेक समस्याको निकासको लागी नेपाली काङ्ग्रेसले जित्नु पर्ने आवश्यकता छ ।’

    चुनावमा टिकट बितरणमा केन्द्रले हस्तक्षेप नगर्ने बताउदै जिल्ला र क्षेत्रले असल र लोकप्रिय ब्यक्ति शिफारिस गर्न सुझाव दिनुभयो । वडादेखि नै आफना भन्दा राम्रा ब्यक्तिका नाम शिफारिस गर्नुपर्नेमा उहाको भनाई छन् । एमसीसी अमेरिकी अनुदान सहयोग रहेको र यो नेपालको आवश्यकता रहेको उहाले बताउनुभयो । केही दिनदेखि गृह जिल्लामा रहेका श्रेष्ठका अनुसार अमेरिकाले गरिबी निवारण गर्ने पक्षबाट सहयोग गरेको हो । नेपाल अमेरिकाबीचको द्धेैत्य सम्बन्ध ७५ बर्षदेखि छ । साना केही दल बाहेक ठूला दलहरुले स्वीकार गरेको अनुदान सहयोग अमेरिकी ५ सय मिलियन डलर छ भने नेपाली ६० अर्व छ । दुई तिहाईको सरकार हुदा पनि पास हुन नसकेको एमसीसी सम्झौता प्रधानमन्त्री शेरबहादुर देउवाको सक्रियता र बुद्धिमत्ताले एमसीसी पास भएको उहाको भनाई छ । उहाले भन्नुभयो, ‘सर्प पनि मरयो लट्टी पनि भाचिएन’ । एमसीसी पास भएसंगै निकास निस्केको छ । तर, केही साना राजनीतिक दलले भने बिरोध गरे पनि ठूला दलको भने समर्थन छ।’


    सभापति राजु थापाले कांग्रेसका बिधि बिधान पालना गर्दै जिल्लाका नेता तथा कार्यकर्ताबीच समन्वय गर्दे अघि बढ्ने बताउनुभयो ।


    कार्यक्रममा गण्डकी प्रदेश उपसभापति द्धय मेखलाल श्रेष्ठ र कल्पना तिवारी, जिल्ला उपसभापति केदार काफले र सचिव गुरुप्रसाद भट्टराइले निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउनेगरी आजदेखि नै क्रियाशिल रहने प्रतिवद्धता जनाउनुभयो ।
    अन्र्तक्रिया एवं भेटघाट कार्यक्रममा जिल्लादेखि वडातहसम्मका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागि थिए। नेता श्रेष्ठ ४ दिनअघि गृह जिल्ला स्याङ्जा आएर विभिन्न कार्यक्रममा सहभागी हुनु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.