काठमाण्डौं ८ भदौ । भारतमा उपचाररत नेता झलनाथ खनालले माधवकुमार नेपाल समूह छाडेर एमालेमै फर्किएका दोस्रो तहका नेताहरुको चर्को आलोचना गर्नुभएको छ ।
प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकलाई मंगलबार टेलिफोनमार्फत सम्बोधन गर्दै उहाँले स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झाएको बताउनुभयो । मध्यपन्थ भनेको पनि अवसरवादकै एउटा रुप भएको भन्दै उहाँले यसले अन्तिम विश्लेषणमा दक्षिणपन्थलाई नै सघाउने र मध्यपन्थको आयु लामो नुहने बताउनुभयोे ।
दक्षिणपन्थी अवसरमाथि वैचारिक, राजनीतिक, संगठनात्मक र कायशैलीगत हमला गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । अस्पतालको शय्याबाटै सम्बोधन गर्नुभएका खनालले आफू आउँदो सोमबार काठमाडौं आइपुग्ने जानकारी समेत दिनुभयो ।