स्याङ्जा, ७ असार । आज निर्जला एकादशी । सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राख्ने गर्दछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ छर्ने गरिन्छ । यसरी छरिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यो चार महीनाको अवधिलाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । आज पानीसमेत नपिई व्रत गर्नाले फल पाइने शास्त्रीय मान्यता रहेको छ । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ ।
Monday, December 15
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
