Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 13
    Trending
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आज कृष्णजन्माष्टमी, कृष्णको पूजा आराधना गरी मनाइदै
    गृहपृष्ठ

    आज कृष्णजन्माष्टमी, कृष्णको पूजा आराधना गरी मनाइदै

    प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदै । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तहरूले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाइँदैछ ।
    Syangja SandeshBy Syangja SandeshAugust 26, 2024Updated:August 26, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदै । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तहरूले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाइँदैछ ।

    श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराइदिन्छन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।

    कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाँही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् । आजको दिनमा श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति हुने, लामो आयु प्राप्त हुने र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ ।

    यस पर्व मनाउनुले हरेकको मनोकामना पूरा हुने आस्था राखिन्छ। धर्म ग्रन्थ अनुसार जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई अधिका लाभ मिल्छ भन्ने मान्यता छ । आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधा–कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गर्ने गरिन्छ । श्रीकृष्णको पूजामा कालो रङ बर्जित छ ।

    श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ । आजका दिन राधा माधव समिति लगायत कृष्ण मन्दिरहरुमा पुजाआजा सहित कृष्ण झुला र कृष्णा लिलागरि मनाउदैछन । आजका दिन सरकारले पनि सार्वजनिक बिदा दिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार

    April 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.