स्याङ्जा, ७ असार । योग गर्न आह्वान गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ््घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गर्नुभएको थियो । युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले पनि मोदीको प्रस्तावमा समर्थन गरेका थिए । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपालमा कोरोना भाइरसको दोस्रो लहरको सङmमणका कारण भर्चुअल तथा भौतिक दुरी कायम गर्दै दिवस मनाउने कार्यक्रम तय भएका छन् । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
Monday, December 15
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
