स्याङ्जा, ७ असार । योग गर्न आह्वान गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ््घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गर्नुभएको थियो । युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले पनि मोदीको प्रस्तावमा समर्थन गरेका थिए । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपालमा कोरोना भाइरसको दोस्रो लहरको सङmमणका कारण भर्चुअल तथा भौतिक दुरी कायम गर्दै दिवस मनाउने कार्यक्रम तय भएका छन् । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
Tuesday, May 13
Trending
- स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
- आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
- पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
- प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
- शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
- लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
- खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
- कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान