Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आँधीखोला वालिङको १६औँ वार्शिक साधारण सभा
    वालिङ् नगरपालिका

    आँधीखोला वालिङको १६औँ वार्शिक साधारण सभा

    Syangja SandeshBy Syangja SandeshMarch 13, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ फागुन । आँधीखोला संचार सहकारी संस्था लिमिमटेड रेडियो आँधीखोला १०५.४ मेगाहर्ज वालिङ ८ को १६औँ वार्शिक साधारण सभा सम्पन्न भएको छ । घ्याङलिङ स्थित रेडियोको प्रांगणमा भएको साधारण सभाको उद्दघाटन गर्नुहुँदै वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले रेडियो समयअनुकुल परिमार्जित हुँदै अगाडि बढ्नुपर्ने भन्दै बढ्दो आधुनिक प्रविधिकोे प्रयोग गर्दै रेडियोलाई अझै सशक्त बनाउनुपर्ने बताउनुभयो । प्रमुख खांणले भन्नुभयो, ‘प्रविधिको विकास संगै स्रोताले चाहेका कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै जानुपर्छ । समयसापेक्ष कार्यक्रम उत्पादनले संस्थालाई आर्थिक रुपमा बलियो बनाउन पनि मद्दत गर्छ । रेडियो सक्षम हुन सक्यो भने स्वतन्त्र पनि हुन्छ । ’

    साथै प्रमुख खांणले रेडियोलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै आईरहेको भन्दै सञ्चार जगतलाई माथि उकास्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा नगरउपप्रमुख कल्पना तिवारीले २०६२÷०६३ को जनआन्दोलनपछि जिल्लामा संचारको आवश्यकता महशुस गरी यहाँका राजनितिक दल तथा सामाजिक अभियान्ताहरुको अग्रसरतामा जिल्लामै पहिलो सञ्चारको रुपमा रेडियो आँधीखोला स्थापित भएको भन्दै रेडियोलाई यहाँसम्म पु¥याउन सेयर सदस्य, विज्ञापनदाता, विभिन्न संघसंस्था, सञ्चारप्रेमीको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

    कार्यक्रममा पुर्व मेयर भोजराज अर्याल, रेडियोका निर्वतमान अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनी, वडा नंं ८ का वडा अध्यक्ष कमलप्रसाद सुवेदी, नेपाली कांगे्रस वालिङ नगर उपसभापति सिता थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, विभिन्न सहकारीहरुबाट गाउँबेसि वचत तथा ऋण सहकारीका अध्यक्ष विद्या श्रेष्ठ, सेयर सदस्यहरुबाट डिलबहादुर श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले संस्थाको वार्शिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    संस्थालाई मजबुद बनाउन आर्थिक पक्षलाई बलियो बनाउने, सेयर सदस्यहरुलाई अनिवार्य १० हजार पु¥याउने प्रथम साधारण सभाको निर्णय अनुसार तदारुकता देखाउने, नयाँ शेयर थप गर्ने, भौतिक सुधार गरिने तथा प्राविधिक पक्षलाई मजबुद बनाउने, कार्यक्रमहरु स्रोताको चाहाना र समाजको आवश्यकताका आधारमा सञ्चालन गर्ने, कर्मचारीको सिप विकास गर्ने, अन्य रेडियोसंग समन्वय सहकार्यतालाई निरन्तारता दिने, रेडियोलाई निष्पक्ष र पारदर्शिता बनाउनेलगायत उल्लेख गरिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रमका कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठ, लेखा संयोजक विमल अर्यालले समेत आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष नेत्रप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सञ्चालक समिति सदस्य श्रीकृष्ण सिग्देल, सञ्चालन सचिव यमकान्त खनाल र धन्यवाद सदस्य युगमाया पंगेनीले गर्नुभएको थियो । कार्यक्रममा नियमित स्रोता ९ जनालाई सम्मान गरिएको थियो । खेमप्रसाद कोईराला, खगेन्द्रप्रसाद अर्याल, थमन अर्याल, गोपिकृष्ण तिवारी, लोकनाथ खनाल, मोहन सारु, रमेश श्रेष्ठ, रामबहादुर परियार, लोकबहादुर खड्कालाई नियमित स्रोताको रुपमा सम्मान गरिएको हो ।

    त्यस्तै नियमित विज्ञापन दाताहरु चिउरीखर्क मौरी उद्योगका रत्नबहादुर गुरुङ, हिमाल सुँनचाँदी पसलका हिमलाल विक, प्रसन्न मेडिको फर्माका प्रदिप आले र अर्किड कम्प्युटरका गोविन्द गैह्रेलाई सम्मान गरिएको थियो भने उत्कृष्ठ कर्मचारी बजार व्यवस्थापक संगिता मगरलाई सम्मान गरिएको थियो ।

    दोस्रो जनआन्दोलनपछि २५८ जना सेयर संकलन गरी २०६३ भदौ १३ गते नेपाल सरकार प्रशिक्षण सहकारी संस्था पोखरामा आँधीखोला सञ्चार सहकारी संस्थाको रुपमा दर्ता भई २०६३ कै अशोज २८ गते रेडियो आँधीखोला २५० वाट क्षमताबाट १०५.४ मेगाहर्ज फ्रिक्वेन्सीमा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयबाट अनुमति प्राप्त गरेको हो ।

    २०६४ मंसिर ६ गते स्याङजा जिल्लाको पहिलो आवाजको रुपमा परीक्षण प्रसारण भई स्याङ्जालाई सञ्चार जगतमा सुुसूचित बनाईएको हो । हाल ५०० वाट क्षमतामा प्रसारित रेडियो गण्डकी र लुम्बिनी प्रदेशका १२ जिल्लामा र अनलाईन धधध।चबमष्यबलमजष्पजयबि।यचन र हाम्रो पात्रोको एपमा समेत संसारभर सुन्न सकिन्छ । ४६१ जना सेयर सदस्य रहेको रेडियोले ज्ञान, सूचना, प्रविधि, शिक्षा तथा जनचेतनामुलक कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आम नागरिकलाई सुसूचित बनाउँदै आएको छ । रेडियो दैनिक १८ घण्टा प्रसारणमा छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.