Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आँखा शिविरमा पुतलीबजार ४ हजार ५ सयको आखाँ परिक्षण, सय जनाको मोतियाबिन्दु शल्यक्रिया
    पुतलीबजार नगरपालिका

    आँखा शिविरमा पुतलीबजार ४ हजार ५ सयको आखाँ परिक्षण, सय जनाको मोतियाबिन्दु शल्यक्रिया

    Syangja SandeshBy Syangja SandeshFebruary 19, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ फागुन । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले कुरा भन्दा काम गर्नुपर्ने बताउनुभएको छ । अधिकांश नेपालीमा काम गर्ने तत्परता भन्दा काम गर्छु भनेर बोलेर हल्ला गर्ने प्रवृत्तिले काम पुरा गर्न कठिनाई हुने गरेको बताउनु भएको हो ।


    पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आखा अस्पताल पोखरा, एनआरएन यूके, नेत्रज्योती संघको संयुक्त पहलमा आयोजित निशुल्क आँखा शिविरको समापन कार्यक्रममा बोल्दै उहाले निशुल्क शिविर संचालन गरेर दृष्ट्रिदान जस्तो पुण्यको काम गर्ने सरोकारवालाको प्रशंसा सहित धन्यवाद दिनुभएको छ । पुतलीबजार नगरपालिकाले देखाएको उदाहरणीय र अनुकरणीय कार्यको जिल्लाका सबै पालिकाले संचालन गर्नु पर्नेमा उहाले जोड दिदै आवश्यक सहयोग गर्ने बताउनुभयो ।


    कार्यक्रममा संघीय सांसद एवं नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापाले रोजगारका लागि विदेशमा पुगेका एनआरएनए लगायत अन्य ब्यक्ति तथा संस्थागत सहयोग विगतदेखि नै स्याङ्जामा धेरै हुदै आएको बताउनुभयो । दृष्टि प्रदान गर्ने चिकित्सक भगवान सरह रहेको बताउदै सांसद थापाले आगामी दिनमा पनि यस्ता खालका प्रत्यक्ष लाभपुग्ने खालका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।


    कार्यक्रममा नेत्रज्योति संघका केन्द्रिय सभापति प्रा. डा. चेतराज पन्त, प्रदेश सभापति प्रा. डा. दिलबहादुर क्षेत्री, स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धरा शर्मा, शिविर संयोजक डा. विशाल गुरुङ लगायतले मोतियाबिन्दु नेपाल र स्याङ्जाको अवस्था र शिविरको प्रभावकारिताका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।

    माघ महिनाको १५ गतेदेखि जारी शिविरमा शिविरमा झण्डै ४ हजार ५ सय जनाले आखाँ परिक्षण गराएका थिए। ति मध्ये ९ सय २ जनालाई चश्मा उपलब्ध गराइएको थियो भने हजार भन्दा बढीलाई औषधी प्रदान गरिएको छ । शिविरमा आएका मध्ये १ सय ५३ जनामा मोतियाबिन्दु देखिएको थियो । मोतियाबिन्दु देखिएकालाई शल्यक्रिया गरिएको छ । मोतियाबिन्दु देखिएका मध्ये झण्डै एक सय जनाको शल्यक्रिया सकिएको छ ।


    बाँकी रहेका ५३ जनालाई पुतलीबजार नगरपालिकाले पोखरासम्म पुरयाउने ब्यवस्था मिलाउने जनाएको छ । मोतियाविन्दुका कारण हुनसक्ने दृष्ट्रिबिहीनतालाई ध्यान दिदै नगरपालिकाले निशुल्क आखा शिविर सहित मोतियाविन्दु शल्यक्रियाको आयोजना गरेको हो । नेपालमा पहिलो पटक यस्तो अभियान पुतलीबजार नगरपालिकाले संचालनमा ल्याएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।

    उहाले भन्नुभयो, ‘पुतलीबजार नगरपालिकाका कसैले पनि मोतियाबिन्दुको समस्या भोग्नु नपरोस् भन्ने हाम्रो उदेश्य हो ।’
    पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य अधिकृत अनिशा सुवेदीले स्वागत र रेडियोकर्मी विक्रम सम्बतले संचालन गर्नुभएको थियो ।


    मोतियाबिन्दु शल्यक्रियाका लागि डा. हरिविक्रम अधिकारी, डा. अस्मिता लामिछाने, लगायतको चिकित्सकीय एवं प्राबिधिक टोली खटीएको नगर स्वास्थ्य प्रमुख भवानीशंकर पोखरेलले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.